रित्तिदै छन् पसल, सुनसान बसपार्क, जोहो टार्दै नेपालमै उत्पादित तरकारी

आज देश लकडाउनको पाँचौं दिन । अत्यावश्यक बाहेकका यातायातका साधन र सडकमा हिड्न पुरै रोक लागेको छ । मानिसहरु घरमै बसिरहेका छन्, सतर्कता अपनाउँदै । खाद्यान्न खरिदका लागि खाद्यान्न बिक्री गर्ने पसल भने फाट्टफुट्ट खुल्ने गरेको छ ।


हरेक दिन साँझ केही समय लकडाउनका बेला मानिस खाद्यान्न तथा तरकारी किन्न निस्कने गरेका छन् । तर, पाँचौं दिनसम्म आइपुग्दा पसलहरुमा सामान भने ह्वात्तै घटिसकेको छ । ठूला थोक पसल बन्द रहेकाले खुद्रा पसलले सामान थप्न पाएका छैनन् । यसले पसलमा सामानको परिणाम ह्वात्तै घटेको छ । सातौं दिनसम्मका लागि सामान नपुग्ने फुल्टेक्राका एक पसल सञ्चालकले भने ।


लकडाउन अघि नै एकैपटक सातौं दिनसम्मलाई पुग्ने सामाग्री खरिदका लागि आव्हान नगर्दा अब लकडाउन थप्दा खाद्य सामाग्रीको आपूर्ति सहज बनाउन पनि प्रशासनले पहल गर्नुपर्ने देखिन्छ ।


नेपाली तरकारीका कारण नेपालगन्जमा तरकारी भने उपलब्ध रहेको छ । यसअघि भारतको मात्रै भरोसा रहेको नेपालगन्जमा पछिल्ला बर्ष पकेट क्षेत्रकै रुपमा तरकारी उत्पादन भैरहेको छ । जसले गर्दा अहिलेको अप्ठ्यारो अवस्थामा आपूर्ति ठप्प भने भएको छैन । यद्यपि, अहिले सबै तरकारीको मूल्य वृद्धि भएको तरकारी बिक्रेता बताउँछन् । गाउँबाट बजारसम्म तरकारी ल्याउनेहरुले नै मूल्य बढाएर बेच्ने गरेको बताएका छन् । नेपालगन्जबाट देशका विभिन्न ठाउँमा सयौं सवारी साधन चल्दै आएका छन् । लकडाउन पछि बसहरु नेपालगन्ज बसपार्कमै थन्किएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया