नेपालगन्जमा कर्फ्युको माग बढ्दै

नेपालगन्जका कफ्र्युको माग अघि बढेको छ । लकडाउनका क्रममा साँझ सडकमा उस्तै भिड देखिन थालेपछि प्रशासनसँग कफ्र्यु नै लगाउन उचित हुने सुझाव सामाजिक सञ्जालमार्फत मानिसहरुले व्यक्त गरेका छन् ।


सामाजिक सञ्जालमा भोलिको भयावह अवस्था सिर्जना नहोस् भन्नका लागि आज नै सचेत हुनुपर्ने धारणा राखिएको हो । दिनभरको लकडाउन पछि साँझ खाद्यान्न र तरकारी खरिदका लागि खुकुलो हुँदा मानिसहरु घुम्न निस्केन, अनावश्यक भिडका रुपमा जम्मा भई छलफल गर्ने, तरकारी बजारमा थामिनसक्नुको भिड हुनुले सबैको चिन्ता थपेको हो ।


विश्वका धेरै देशमा सानो लापरवाहीले ठूलो जोखिम निम्त्याएको उदाहरणले पनि धेरैलाई यहाँ पनि त्यस्तै अप्रिय अवस्था नआओस् भनेर झस्काएको छ । दिनभर ठप्पा हुने नेपालगन्जमा साँझ भने मानिसहरुको भीड लाग्ने गरेको छ । प्रशासनले समेत अत्यावश्यक सामान खरिदलाई रोक्न गाह्रो हुने आशय व्यक्त गरेको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘कोरोनाको एन्टिवायोटिक भनेको नै सेल्फ क्वारेन्टाइन हो ।’ उनी आजको अवस्था हेरेर सुरक्षाका थप निर्णय गर्न सकिने बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया