छोप्दै आइसोलेसन र क्वारेन्टाइन


बर्दियाको गुलरियामा एक जनालाई आइसोलेसन र ६ जनालाई क्वारेन्टाइनमा राखियो

भावुक योगी


छिमेकी मुलुक भारतबाट लुकीछिपि नेपाल भित्र प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार बेलुकी नियन्त्रणमा लिई जाँच सुरु गरिएको छ ।
भारतबाट लुकिछिपि बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका ७ जना मध्ये एक जनालाई अत्याधिक ज्वरो आएको पाईएपछि बर्दिया जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
बाँकी ६ जनालाई सदरमुकाम गुलरियामा रहेको क्वारेन्टाइनमा पठाईएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
नेपाल भारत सिमा नाका बन्द भएको चारदिन भयो, त्यसैमा लुकिछिपि प्रवेस गरेपछि उनिहरु माथि निगरानी गर्न एक जनालाई आईसुलेसन र बाँकीलाई क्वारेन्टाईनमा राखिएको उहाँले बताउनुभयो ।
अलि बढी ज्वरो आएका विरामीको ज्वरो अहिले बिस्तारै घट्दो क्रममा रहेको उहाँले बताउनुभयो । स्वाब परिक्षणका लागि विश्व स्वास्थ्य संगठन संग सम्पर्क गरिएको छ, ज्वरो नियन्त्रण नआएमा कोरोना भाइरस परीक्षण गर्न काठमाडौँ पठाइने उहाँले भन्नुभयो ।
अत्याधिक ज्वरो आएका बिरामी भेटिएपछि बर्दियामा झनै उच्च सर्तकता अपनाइएको छ । भारतीय सिमावर्ती क्षेत्रमा अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाइएको छ । आवतजावत गर्नै परे तोकिएको स्थानबाट स्वास्थ्य परीक्षण गराएर मात्र आवतजावत गर्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया