‘सेमि लकडाउन’को निर्णय आंशिक कार्यान्वयन, बढ्यो ‘थ्रेट’, घरमैं बसे सुरक्षित

आज आइतबारबाट नेपालगन्जलाई सेमि लक डाउन गर्ने निर्णय गरिएको छ । अत्यावश्यक सेवा बाहेकका पसल, व्यवसाय बन्द गर्ने निर्णय गरिएपनि त्यसको प्रभावकारी कार्यान्वयन भने बजारमा भएको पाइँदैन । यद्यपि, आंशिक रुपमा बजार बन्द छ, पहिलेका दिनभन्दा चहलपहलमा कमी आएको छ ।


यो समाचार तयार पारुन्जेल विश्वका विभिन्न मुलुकमा झण्डै १२ हजार मानिसको ज्यान गैसकेको छ । तपाईको हातमा दैनिक नेपालगन्ज परुन्जेल यो तथ्यांकमा फरक आइसकेको हुनसक्छ । तर, सीमावर्ती भारतको लखनउ हुँदै बहराइचसम्म संक्रमण देखा परिसकेको महामारीजन्य कोरोना भाइरस (कोभिड–१९) बाट नेपालगन्जबासी खासै सचेत बनेको देखिंदैन ।
‘कतिसम्म मूर्खता भने एक नम्बर आलु र दुई किलो चिनी लिन अहिले पनि मानिस रुपैडिहा गैरहेका छन्’, दिनभर व्यवस्थापनमा व्यस्त नेपाल–भारत नाकाको जमुनाह स्थित इलाका प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब निरीक्षक माधव रिजालले दैनिक नेपालगन्जसँग भने, ‘सीमा पूर्ण रुपमा लक नभएसम्म समस्या समाधान हुने देखिंदैन ।’


त्यसो त केही दिनयता जमुनाह नाकाको दशगजा नजिकै नेपाल प्रवेश गर्नेहरुलाई चेकजाँचको अनिवार्य व्यवस्था मिलाइएको छ । तर, शनिबार बाहेकका अघिल्ला दिनहरु बाँकेका १३ वटा सहायक नाकाबाट आउने मानिसहरुको तथ्यांक न त कसैसँग छ, न उनीहरुको अवस्थाको सुनिश्चितता । ‘नाकाबाटै पनि आजमात्रै आठ हजार बढीले औपचारिक प्रवेश लिएका छन्’, रिजाल भन्छन्, ‘सकेसम्म सबैको चेकजाँच गरेर भित्र पसाइएको छ ।’


भारतमा महामारी फैलने डरले यसरी दिनहुँ नेपाल फर्किने नेपालीहरुको संख्या बढ्दो छ । ‘१५ बर्षपछि सपरिवार घर फर्किएका नेपालीको संख्या पनि देखिएको छ’, नेपालगन्ज नाका अति संवेदनशील हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले दैनिक नेपालगन्जसँग भने, ‘यो कन्ट्रोलको मेकानिज्म साँच्चिकै चुनौतिपूर्ण बन्दै गएको छ ।’ तैपनि सुरक्षाकर्मी संयुक्त रुपमा स्वास्थ्यकर्मीहरुको साथ लिएर व्यवस्थापनमा जुटिरहेको दृश्य जमुनाह नाकामा देख्न सकिन्थ्यो ।


शनिबार नेपालगन्ज बाहेकका सहायक नाकाहरुमा कडाई गरिएको छ । नेपालगन्जको जमुनाह नाकामा स्वास्थ्यकर्मीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सघाइरहेकोमा सेनाका स्वास्थ्यकर्मी पनि नाकामा खटेका छन् । ‘तर, विडम्वना स्वास्थ्यकर्मीहरुकै सुरक्षाको सुनिश्चितताका लागि आवश्यक सामाग्री छैन’, फिल्डमा खटेकाहरु आफै निराशा व्यक्त गर्दै भन्छन् । प्रजिअ खड्का यसबारे जानकार छन् । ‘आवश्यक व्यवस्थाका लागि लागि परेका छौं’, खड्काले भने ।
‘यो सबै परिदृश्यमा सुरक्षा जोखिम बढेको छ’, भेरी अस्पतालका प्रमुख प्रकाश थापाले गम्भीर हुँदै भने, ‘यस्तो अवस्थामा अत्यावश्यक सेवा लिनुपर्ने भएमात्र बाहिर निस्कनुस् ।’ अस्पतालमा समेत अनावश्यक भीडले जोखिम उत्पन्न गर्ने चुनौति बढेको भन्दै डा. थापाले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेको अवस्थामा घरमै बसे सुरक्षित भइन्छ ।’ थापाका अनुसार, भीडभाडमा नजाने कुरालाई प्रत्येकले मनन गर्नु जरुरी छ ।


भेरी अस्पतालले आशंकामा ७ जना बिरामीलाई अहिलेसम्म आइसुलेसनमा राखेको छ । ‘पाँच जना बिरामीको स्वाब टेष्ट नेगेटिभ आएपछि डिस्चार्ज गरियो’, अस्पताल प्रमुख डा. थापाले भने, ‘थप दुई जनाको आशंका देखिएपछि केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि पठाएका छौं ।’ एक जनामा पनि संक्रमण देखिनु ठूलो जोखिमको विषय भएको भन्दै चिकित्सकहरुले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सुझाव दिइरहेका छन् ।

आजबाट नेपालगन्ज ‘सेमिलक डाउन’

बाँकेसँग जोडिएको सीमावर्ती मुलुक भारत आज आइतबार कोरोना कहर विरुद्धको ‘महाअभियान’ भन्दै ‘जनता कफ््र्यु’ मा जुटेको छ । अर्थात् आज बिहान सात बजेदेखि १२ घण्टासम्म कोहीपनि नागरिक घर बाहिर निस्कने छैनन् । सरकारको आव्हान जनस्तरबाट सुनुवाई भयो भने त्यसबीच अत्यावश्यक कामका सरकारी कर्मचारी बाहेक घर बाहिर कुनै भारतीय नागरिक हुनेछैन । यसैले अनुमान गर्न सकिन्छ, भारत कोरोना कहरबाट कतिसम्मको जोखिममा रहेको छ ।


त्यही जोखिमलाई मध्यनजर नेपालगन्जलाई आजबाट ‘सेमि लकडाउन’ गरिएको छ । नेपाल सरकारले नै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिरहँदा शनिबार बसेको कोरोना विरुद्धको उच्च स्तरीय संयन्त्रले आजदेखि चैत्र २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने निर्णय गरेको हो । ‘खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गरिनेछन्’, नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले दैनिक नेपालगन्जसँग भनिन्, ‘यसलाई सेमिलक डाउन नै बुझ्नुस् ।’


संघीय सरकारले अत्यावश्यक भनेर राजपत्रमा किटान गरेका ९हेर्नुस् बक्स० क्षेत्रलाई नै नेपालगन्जले कार्यान्वयनमा ल्याएको हो । कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए । बैठकमा सहभागीहरुले नेपाल–भारत सीमा नाका तत्काल सिल गर्न पहल लिन ध्यानाकर्षण गराएका थिए । ‘भारतसँगको नाका खोलेर नेपालगन्ज बजार बन्द गरिरहँदा जोखिम कम हुँदैन’, अधिकांसको भनाइ थियो । त्यसबारे उच्चस्तरीय संयन्त्रले प्रदेश सरकार र केन्द्र सरकारलाई लेखी पठाउने बताएको छ ।


प्रदेशसभा सदस्य कृष्णा केसी, नेकपा बाँकेका सचिव अशोक कोइराला, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापा, जिल्ला प्रहरी प्रमुख एसपी वीरवहादुर वली लगायतको सहभागिता रहेको बैठकमा गरिएका निर्णयहरु उच्च स्तरीय संयन्त्रले आइतबारबाट अनुगमन सुरु गर्ने उपप्रमुख थापा मगरले जानकारी दिइन् । ‘जनताले आफ्नो सुरक्षाका लागि घरभित्र बस्न गरिएको आव्हान पक्कै सुनुवाई गर्नेछन्’, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले दैनिक नेपालगन्जसँग भने ।

उपचार र उद्दार


कोरोना भाइरस संक्रमण भइहाले के गर्ने रु त्यसको तयारीमा जुटेको जिल्ला स्थित उच्च स्तरीय सयन्त्र ९टास्क फोर्स०ले २४ घण्टा भित्र खजुरा स्थित क्यान्सर अस्पताल, नेपालगन्जको लायन्स डेन्टल अस्पतालमा आइसोलेसन अस्पताल तयार गरिसक्न जुटेका छन् ।


‘नर्मल बिरामीलाई डेन्टल अस्पताल र सघन अवस्थाको बिरामीलाई क्यान्सर अस्पतालको आइसोलेसनमा राखिनेछ’, ४० शैय्याको आइसुलेसन वार्ड आज आइतबारसम्म तयार गरिसक्ने टास्क फोर्सले अभावलाई पूर्ति गर्न आइएनएफले सञ्चालन गरिरहेको साइनिङ्ग अस्पताललाई पनि उचित विकल्पका रुपमा छानेको छ । ‘त्यसअघि क्वारेन्टाइनका लागि महेन्द्र बहुमुखी क्याम्पस क्षेत्रलाई पहिचान गरिएको छ’, प्रजिअ खड्काले भने । बाहिरबाट आउने जो कसैलाई पनि निश्चित अवधी क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाउन लागिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया