टिप्परले लियो ज्यान

दुर्घटनामा दुइको मृत्यु, एक गम्भीर


बाँकेमा बुधवार भएका तीन छुट्टाछ्ट्टै सडक दुर्घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।
नेपालगन्जबाट बर्दियाका लागि कोहलपुर हुँदै जाँदै गरेको भे ६ प ७२४१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बैजनाथ– ५ का दिल बहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज – ५ का कयुम शाहले चलाएको मोटरसाइकलमा सवार सौकत अन्सारी घाइते छन् भने ५५ वर्षीय पुनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कोहलपुर प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार साँझनै कर्णाली प्रदेशको एउटा ट्रकको ठक्करले जानकी – ६ कोठारपुरमा पैदल यात्रुलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको छ । इप्रका कोहलपुरका अनुसार, घाइतेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ, घाइतेको पहिचान नखुल्दा आफन्तलाई खबर गर्नसमेत नपाइएको प्रहरीले जनाएको छ ।
बुधबार दिउसो कोहलपुर नगरपालिका ८ पिपिरीमा टिप्परले ठक्कर दिदा साइकलयात्री रामपति थारुको ज्यान गएको थियो । रा१ख २१८८ नम्बरको टिप्परले ठक्कर दिंदा गम्भीर घाइते भएकी थारुको उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनालगत्तै उचित क्षतिपूर्तिको माग सहित स्थानिय र मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए । स्थानीय पिपिरी चोकदेखी कोहलपुर हाईस्कुलसम्म बिभिन्न स्थानमा टायर बारेर विरोधमा उत्रिएका उनिहरुले ३ घण्टासम्म कोहलपुर–नेपालगन्ज सडकखण्ड अवरुद्ध पारेका थिए । घटना लगत्तै प्रहरीले नियन्त्रणमा लिएका टिप्पर चालकलाई कानुनी प्रक्रिया अनुसार मुद्धा चलाउने सहमति भएपछि विरोध प्रदर्शन स्थगित भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया