जिल्ला प्रशासन कार्यालय बाँकेले जनसमूहमा मानिसहरु भेला हुनेखालका कार्यक्रम स्थगित गर्न सूचना जारी गरेको छ । प्रदेश मन्त्री परिषद्को निर्णय अनुसार प्रशासनले मानिसहरु जम्मा हुने खालका कार्यक्रमहरु स्थगित गर्न सूचित गरेको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनामा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम कम गर्न मेला, महोत्सव तथा सभा सम्मेलनहरु हाल स्थगित गर्न सूचित गरेको छ । प्रशासनले जिल्लामा सञ्चालन हुने र भैरहेका मेला, महोत्सव तथा सभाहरु हाललाई स्थगित गर्न भनेको छ ।
परीक्षा चैत्र ५ बाट
कोरोना भाइरसको जोखिमलाई मध्यनजर प्याब्सन बाँकेले आफु आबद्ध सबै विद्यालयमा चैत्र ५ गतेदेखि बार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । प्याब्सन बाँकेले कोरोना भाइरसबाट जोगिन सरकारले जारी गरेको निर्देशन पालना गर्दै प्याब्सन बाँके अन्र्तगतका सबै बिद्यालयमा चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा गर्ने निर्णय गरेको हो ।
प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र अचार्यले कोरोना भाइरस बिरुद्ध सचेतना अपाउनका लागि परिक्षाका बारेमा बिशेष निर्णय लिनुपरेको बताएका छन् ।











