गत वर्ष अमेरिकी राजदूत रेन्डी बेरी नेपालगन्ज आउँदा मुवारक बिर्यानीको स्वाद लिएको विषयले निकै चर्चा पायो । उनले बिरयानी खादै गरेको भिडियो अमेरिकी राजदूतावासको आधिकारिक फेसबुक पेजमा राखेको घण्टामै कयौं जनाले शेयर र लाइक गर्न भ्याए । त्यसको चर्चा अहिले पनि छ ।
नेपालगन्ज खानाका पारखीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने कुरा उक्त कुराले पुष्टि हुन्छ । नेपालगन्जमा पुस्तौंदेखि चल्दै आएको गुणस्तरीय र स्वादिला परम्परागत खानाका परिकारमा नयाँका लागि स्वादिष्ट लाग्छ । रात्रिकालिन बजार त्रिभुवनचोकमा ठेला छेउ उभिएर पानी पुरी खानको मज्जा अन्त कहाँ ? त्यही नजिक बनेका मासुका परिकारको स्वादको बयान गरी साध्य हुँदैन । बिपीचोकमा भुटुवा र सेकुवाको चर्चा त देशभर छ ।
बिहे, पार्टी, भोज, रेष्टुरेन्ट वा स्टार लेभलको होटल जहाँ पनि आजभोलि बिरयानी पाइन्छ । त्यसमा पनि नेपालगन्जको बिरयानीले धेरैलाई मोहनी नै लगाउँछ । नेपालगन्जबाट काठमाडौं जाने कोसेली परिकारमा पर्छ, यहाँको बिरयानी । त्यसमा पनि मुबारकको बिरयानीको स्वाद नै बेग्लै हुन्छ । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपालगन्ज आउँदा मुबारकको बिरयानीले मोहनी लगाएपछि त कुटनीतिक नियोगका व्यक्तिको रोजाइमा परिरहेको छ । मुबारकको बिरयानी ।
सञ्चालक मुबारक अलि अन्सारी भन्छन्, ‘मेरो पारिवारिक व्यवसाय हो यो । गुणस्तरमा कुनै सम्झौता नै गर्दैन । मासु होस् वा चामल उच्च गुणस्तरको हुन्छ ।’
मुवारकको विरयानी जस्तै खानाका परिकारलाई देशभर चिनाउन होटल व्यवसायी संघ बाँकेले नेपालगन्जमा फागुन २३ गतेबाट २५ गतेसम्म नेपालगन्ज सडक खाना महोत्सव आयोजना गर्दै छ । नेपालगन्जमा मगर, राई लिम्बु, शिख, मुश्लिम, मधेशी लगायतका समुदायको पनि उत्कृष्ट खानाको अभ्यास रहेको बतउाँदै आयोजक होटल व्यवसायी संघका अध्यक्ष भिमलाल कँडेलले यि सबै समुदायमा अभ्यासरत ति परिकारहरु फुड फेस्टिभलको माध्यमबाट स्वदेशी तथा बिदेशी पाहुनाहरु माझ परिचय गराउने र व्यवसायीकरण गरेर आर्थिक शसक्तिकरण र पहिचान संरक्षण हुने उद्देश्यका साथ यो फुड फेस्टिभलको आयोजना गर्न लागिएको बताउँछन् ।
नेपालगन्ज फुड फेस्टिभलको उद्देश्यहरु
⦁ बाँके जिल्लामा रहेका सम्पूर्ण समुदायमा अभ्यासरत मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने ।
⦁ बाँकेमा रहेका साँस्कृतिक र धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गरि उनीहरुलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गरि प्रवद्र्धन गर्ने ।
⦁ भिजिट बर्ष २०२० लाई मुलरुपमा अंगिकार गरि यसको सफलताको लागि योगदान गर्ने ।
⦁ स्वरोजगारिताको विकास गरि देशको आर्थिक विकासमा योगदान गर्ने ।
उपलब्धीहरु
⦁ पर्यटन व्यवसायमा आबद्ध संस्था तथा सरोकारवाला निकाय र व्यवसायीहरुबीच सुमधुर समन्वय स्थापित गर्नुका साथै पर्यटन प्रवद्धनका लागि क्षमता विकास हुनेछ ।
⦁ नेपालगन्ज फुड फेस्टिभलको आयोजना गरि बिभिन्न समुदायमा अभ्यास गरिने तथा उत्पादन गरिने बस्तुहरुको बजारीकरण हुनुको साथै पर्यटन व्यवसायसँग जोडिनेछन् ।
⦁ पर्यटकीय क्षेत्रहरु जस्तै प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरुको महत्व र तिनीहरुको प्रवद्र्धनका र विकासका लागि भिडियो डकुमेन्ट्री तयार गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने भएकाले ति स्थलहरु पर्यटकीय स्थलकोरुपमा स्थापित हुनेछन् ।
⦁ अन्तर्राष्ट्रिय स्तरको पर्यटनबारे सिकाइ बनाउन परिचयात्मक भ्रमणको आयोजना गर्ने भएकाले यहाँ व्यवसायीहरु अन्तरारष्ट्रिय स्तरको पर्यटन व्यवसायबारे सिकाई बनाउनुका साथै सक्षम हुनेछन् ।
⦁ बिभिन्न समुदायमा अभ्यास गर्दै गरेका खानाका परिकारहरु उपभोक्ता माझ व्यापक प्रचार प्रसार भई बजारीकरण तथा व्यवसायीकरण गर्न सकिनेछ ।
⦁ मौलिक उत्पादनको बजारीकरण भई स्वरोजगारिताको सिर्जना गरि आर्थिक सशक्तिकरण हुनेछ ।
⦁ बेरोजगार युवाहरुलाई होटल तथा व्यापार, व्यवसायतिर आकर्षित तथा उत्साहित गर्नुका साथै बैदेशीक रोजगारमा जाने युवाहरुमा शिपको विकास गरेर आत्मबिश्वास निर्माण गर्नेछ ।
⦁ फुड फेस्टिभलबाट भएको आम्दानी तथा नाफाको केहि प्रतिशतबाट बाँके जिल्लामा रहेका पर्यटन स्थलको प्रबद्र्धन तथा प्रचार प्रसारमा लगाइने छ ।
⦁ बेरोजगार युवाहरुलाई व्यवसायमा आकर्षण गर्नका निम्ती पर्यटन तथा होटल व्यवसाय सम्बन्धि तालिमको आयोजना गरिने छ ।
⦁ पर्यटन व्यवसायीहरुलाई व्यवसायिक व्यवस्थापन र पर्यटन प्रबद्र्धन सम्बन्धी जानकारी बढ्नेछ ।
⦁ व्यवसायीहरुलाई पर्यटकहरुको आथित्यता सम्बन्धि जानकारी हुनेछ ।
खासगरि नेपालगन्जको खस्कँदो व्यवसायलाई राहत दिन सडक फुड फेष्टिवलको अवधारणा अघि सारिएको हो । होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष कंडेल भन्छन्, ‘यसले नेपालगन्जलाई स्वादको सहरका रुपमा चिनाउन सहयोग पु¥याउने विश्वास छ ।’