आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सहितको टोलीले अवैध मदिरा विरुद्ध अनुगमन गरेको छ । अवैध घरलु मदिराले राजश्वमा समेत असर पर्ने भएकाले कर अधिकृतको टोलीले त्यसविरुद्ध अनुगमन गरेको हो ।
त्यसक्रममा नेपालगन्ज–१२ वेलासपुर क्षेत्रको केही स्थानमा अवैध मरिदा उत्पादन भैरहेको फेला पारी नष्ट गरेको छ । अनुगमनका क्रममा टोलीले २५ लिटर तयारी घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने भाडाकुँडा नियन्त्रणमा लिएको छ ।
अन्तशुल्क बापतको राजश्व रकम कम उठिरहेको बेला आन्तरिक राजश्व कार्यालय बाँके तदारुखता देखाएको प्रमुख प्रकाश पौडेलले दैनिक नेपालगन्जलाई जानकारी दिएका छन् । अखाद्य बस्तुको प्रयोग गरि मदिराको उत्पादन तथा विक्री वितरण नेपालगन्ज र आसपासका क्षेत्रहरुमा बढ्दै गएको जनगुनासो समेत आउने गरेको पाइन्छ ।