एन प्याब्सनका संस्थापक सहित प्याब्सनमा प्रवेश

प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र वानियाँले संस्थागत विद्यालय सञ्चालकहरुले परम्परागत सोंच परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार नेपालगन्जमा बाँकेका संस्थागत विद्यालय सञ्चालकहरुसँगको अन्तरक्रियामा वरिष्ठ उपाध्यक्ष वानियाले ‘समुदायले नै संस्थागत विद्यालयको सुरक्षा सुनिश्चित गर्ने गरी’ शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे ।


‘त्यसका लागि सामुदायिक गतिविधिसँगै विद्यालयलाई विद्यार्थीहरुको रहर लाग्दो केन्द्रका रुपमा विकास गर्न जरुरी छ’, वरिष्ठ उपाध्यक्ष वानियाले भने, ‘विद्यार्थीहरु विद्यालय आउँदा खुशी हुने र उनीहरुको सुखद् भविष्यको सुनिश्चितता दिने गरी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्न जरुरी छ ।
प्याब्सन बाँकेले बिहीार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय शिक्षा ऐन र नीति बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष बानियाले शिक्षा ऐन, नीति बन्दै गरेको अवस्थामा प्याब्सन चनाखो हुनुपर्नेमा जोड दिए । निजी विद्यालयहरुको हक हितका लागि प्याब्सन, एन प्याब्सन र हिसान सकृय एकताको लागि एकजुट हुनुपर्ने पनि वरिष्ठ उपाध्यक्ष बानियाको जोड थियो ।


प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा प्याब्सनका अध्यक्ष मित्रलाल शर्माले सरकारले ६ देखि १० कक्षा सम्म सरकारी बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीलाई छात्रबृत्ति दिने निर्णय गर्दा निजी विद्यालयलाई उपेक्षा गरेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कोष र श्रम ऐन निजी विद्यालयले मान्नै पर्ने बाध्यता रहेको हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखे्रलले बताए ।


संगठन सञ्चालन गर्न फरक नेतृत्व हुनुपर्नेमा प्याब्सनका वरिष्ठ प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनालले जोड दिए । कार्यक्रममा एनप्याब्सनबाट प्याब्सन नेपालमा प्रबेश गरेका १७ विद्यालयलाई सदस्यता प्रदान गरिएको थियो । एन प्याब्सन बाँकेका संस्थापक कृष्ण जिसीले प्याब्सनको सदस्यता ग्रहण गर्दै संस्थागत एकतामा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया