कोहलपुरमा बढ्यो तनाव, हवाई फायर, प्रदर्शनकारीले प्रहरी कार्यालय नै घेराउ गरे

ट्रकको ठक्करबाट कोहलपुर त्रिभुवन माविक कक्षा ७ मा पढ्ने एक बालिक गम्भीर घाइते भएपछि कोहलपुरमा तनाव बढ्दै गएको छ ।


प्रदर्शनकारीले ट्रकमा आगो लगाइदिएका छन् । प्रदर्शनकारी र प्रहरी बीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् ।

आक्रोशिक प्रदर्शनकारीले सडकमा रहेका गाडीमा समेत ढुंगा प्रहार गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा विद्यार्थीहरु सहभागी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया