अनिल नेपाली

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ६ नरपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ सन्धिखर्कबाट बुटबलका लागि छुटेको लु.२ ख २१४८ नम्बरको बस नरपानी दुर्घटना हुदा बसमा सबार १४ जनाको घटनास्थलमा मृत्यु र १ जनाको उपचारको क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको थियो मृतक १० जना पुरुप र ५ महिला रहेका छन् भने १४ जना घाइते भएकोे सशस्त्र प्रहरी नायव उपरिक्षक माधब रेग्मीले बताउनुभएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको उपरिक्षक रेग्मीले बताए । दुर्घटना भए लगतै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीय पुगेर उद्धार गरेका थिए । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको र दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।











