‘गन्तव्य बाँकेका लागि पहिचान र प्रवद्र्धन’

ठोस योजना बनाएर कार्यान्वयनमा लाग्न पर्यटन बोर्डलाई सुझाव

बाँकेलाई पर्यटकीय गन्तव्य बनाउनका लागि योजनाबद्ध रुपमा पूर्वाधार विकासमा अगाडि बढ्न आवश्यक रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पर्यटन व्यवसायीहरुले पर्यटकहरुका लागि गन्तव्य बाँके बनाउनका लागि पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण र त्यसको प्रवद्र्धन आवश्यक रहेको बताएका हुन् ।

सरकारले भ्रमण बर्ष सन् २०२० लाई भ्रमण बर्ष घोषणा गरेको छ । त्यसलाई सार्थक बनाउनका लागि पर्यटकीय स्थलहरुको व्यापक प्रवद्र्धन गरिनु पर्ने पयर्टन व्यवसायीहरुले बताएका थिए । बाँकेमा पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेपनि सरकारको वेवास्ताका कारण सफल हुन नसकेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका थिए । पर्यटकहरुको आन्तरिक व्यवस्थापनका लागि निजी क्षेत्र तयार रहेको बताउँदै उनीहरुले पर्यटक भित्र्याउन यहाँको पर्यटकीय स्थलको प्रवद्र्धन र भौतिक पूर्वाधारको विकास भने सरकारले गर्नुपर्ने धारणा राखेका थिए । संघीयता पछि आर्थिक रुपमा खस्कदै गएको बाँकेलाई आर्थिक रुपमा बलियो बनाउने एउटा आधार पर्यटन व्यवसाय भएकाले त्यसतर्फ सरकार ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने पर्यटन व्यवसायीहरुले धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै होटल एशोसिएसन नेपालका केन्द्रीय सदस्य अशित समशेर राणाले निजी क्षेत्रबाट बाँकेमा पर्यटन व्यवसायमा लगानी बढ्दै गएको उल्लेख गर्दै भने, ‘अब सरकारले पर्यटक भित्र्याउन पूर्वाधार विकासमा काम गर्नुपर्छ ।’
होटल व्यवसायीहरुले बागेश्वरी मन्दिर, गाभर भ्याली, राष्ट्रिय निकुञ्ज र स्थानीय सांस्कृतिको विकास र प्रवद्र्धन गर्न सके प्रशस्त पर्यटक भित्र्याउन सकिने बताएका थिए । त्यसका लागि योजना बनाउन बोर्डसँग उनीहरुले आग्रह गरेका थिए । व्यवसायीहरुले नेपालगन्जलाई क्यासिनो सिटीको रुपमा विकास गर्न सकिने सम्भावना समेत औंल्याएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले पर्यटकीय स्थलको प्रवद्र्धन र पर्यटकको व्यवस्थापनका लागि निजी क्षेत्र तयार रहेको बताएका थिए । उनले बाँके, बर्दियामा रहेका धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको छिमेकी राष्ट्र भारतमा प्रवद्र्धनका लागि योजना बनाउन पर्यटन बोर्डसँग आग्रह गरे ।
होटल व्यवसायी कृष्ण सुवेदीले सरकारको प्रवद्र्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटकहरुको संख्यामा मात्रै वृद्धि हुने गरेको बताए । ‘देशभित्र मात्रै आयोजना गरिने पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमले आन्तरिक पर्यटनको मात्र प्रवद्र्धन हुन्छ’, उनले भने । सरकारले पर्यटन व्यवसायीहरुले सहज रुपमा काम गर्ने वातावरण अझै पनि नबनाएको व्यवसायी सुवेदीको आरोप थियो । ‘पर्यटक बर्ष घोषणा अघि सरकारले पूर्वाधार र प्रवद्र्धनका लागि गर्नुपर्ने काम गरेको छैन’, उनले भने, ‘आन्तरिक तथा बाह्य उडानको वृद्धि, एयरपोर्टमा पूर्वाधार विकासको पनि आवश्यक छ ।’
बाँकेका व्यवसायीहरुले लामो समयदेखि प्रयास गरिएपनि नेपालगन्ज–पोखरा, नेपालगन्ज–दिल्ली उडान हुन नसकेको उल्लेख गरेका थिए । ‘गोष्ठी र कार्यक्रमबाट लिइएका सुझावहरुलाई योजना बनाउँदै कार्यान्वयनमा लग्ने हो भने मात्रै अवस्था फेरिन सक्छ’, उनीहरुले भने ।
व्यवसायीहरुले विगतमा सरकारले बाँके, बर्दिया प्रति वेवास्ता गरेको आरोप लगाउँदै यही अवस्था रहे बाँकेका पर्यटन व्यवसायले नोक्सान व्यहोर्नु पर्ने बताएका थिए । उनीहरुले बाँके, बर्दियामा पर्यटक आकर्षण गर्न विभिन्न फेष्टिबलहरुको आयोजना गर्न माग गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य रमारानी वैश्यले नेपाल भित्रिने पर्यटकलाई स्वागत, सम्मान गरिनु पर्ने धारणा राखिन् । उनले सडक यातायातबाट भित्रिने भातरीय पर्यटकले भन्सारमा प्रक्रिया पूरा गर्न घण्टौं कुर्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई अन्त गर्नुपर्ने धारणा राखिन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ महासचिव अजय टण्डनले पर्यटक भित्र्याउन पहिले आन्तरिक रुपमा पूर्वाधार तयार हुनुपर्ने बताएका थिए । नेपालभित्रै रहेका कतिपय पर्यटकीय स्थलमा पर्यटकलाई खानापानीकै समस्या हुने गरेको उनले बताए ।
अनिल झाले पर्यटकीय पूर्वाधारहरुका बारेमा भारतमा व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका थिए । उनले भारतका पर्यटन व्यवसायीहरुसँग समन्वय, त्यहाँ स्थित सञ्चारमाध्यममा प्रवद्र्धनात्मक कार्यक्रम गर्न आवश्यक रहेको बताए । ‘नेपालमा के के छ भनेर लोभ्याउने खालका प्रवद्र्धनात्मक कार्यक्रमहरु भारतीय सञ्चारमाध्यममा पनि प्रसारण गर्नेतर्फ पहल गर्नुपर्छ’, झाले भने ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले पर्यटकीय स्थलको जानकारी दिने बोर्ड, पर्यटकहरुलाई केहीबेर रोकिएर आराम गर्ने स्थल सीमानामा नै निर्माण गरिनुपर्ने बताएका थिए ।
नाटाका अध्यक्ष श्रीराम सिग्देलले पर्यटन व्यवसायमा रहेको सिण्डिकेट अन्त्य हुनुपर्ने बताए । उनले पर्यटकहरुलाई विशेष छुट, प्याकेज दिनुपर्नेमा झन् बढी शुल्क लिइने गरेको भन्दै त्यसलाई हटाइनु पर्ने धारणा राखे । अध्यक्ष सिग्देलले पर्यटक बढ्दै जाँदा हवाई यातायात प्रयोग गर्नेको संख्या बढ्ने भएकाले आन्तरिक उडानको वृद्धिका लागि पहल गर्न पर्यटन बोर्डसँग आग्रह गरे ।
कार्यक्रममा बोल्दै पर्यटन बोर्डका सिनियर म्यानेजर दिवाकर बिक्रम रानाले सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गरिरहेको बताएका थिए । उनले सबै ठाउँ एकै पटक नभएपछि बिस्तारै पर्यटकीय क्षेत्रमा पूर्वाधारको काम अगाडि बढ्दै जाने बताए ।
बोर्डकै रविन रेग्मीले कार्यक्रममा व्यवसायीले उठाएका जिज्ञासाबारे जवाफ दिएका थिए । त्यसक्रममा उनले सकेसम्म बोर्डले सबै क्षेत्रलाई समेटेर कार्यक्रम बनाउने गरेको बताएका थिए । रेग्मीले कोहलपुरमा पूर्वाधार निर्माण, चालकहरुलाई प्रशिक्षण, नेचर गाइडहरुलाई प्रशिक्षण, होम स्टे क्यापेसिटि बिल्डिङ लगायतका कार्यक्रम बाँकेका लागि छानिएको बताए । ‘यो बर्ष नसमेटिएका कार्यक्रमहरु आगामी बर्ष समेटिन्छ’, उनले भने, ‘बाँकेका व्यवसायीहरुले योजनाहरु प्रस्ताव गर्दा अझै राम्रो हुन्छ ।’ रेग्मीले भारतका विभिन्न सहरमा नेपालका पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने खालका कार्यक्रम बोर्डले निरन्तर गरिरहेको जानकारी दिए ।
भ्रमण बर्ष नजिकिंदै गर्दा बोर्डले नेपालगन्जमा भारतका सीमावर्ती सहरहरु लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवद्र्धन कार्यक्रमका सम्बन्धमा सरोकारवालाहरु अन्तरक्रिया आयोजना गरेको हो । व्यवसायीहरुले धारणा राखेका थिए ।

भ्रमण बर्ष नजिकिंदै गर्दा बोर्डले नेपालगन्जमा भारतका सीमावर्ती सहरहरु लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवद्र्धन कार्यक्रमका सम्बन्धमा सरोकारवालाहरु अन्तरक्रिया आयोजना गरेको हो ।

सम्मेलन प्रस्ताव
समाचारदाता
दैनिक नेपालगन्ज
बाँकेका पर्यटन व्यवसायीहरुले नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन व्यवसायीको सम्मेलन प्रस्ताव गरेका छन् । नेपालमा पर्यटन भित्र्याउनका लागि विभिन्न देशका अगुवा पर्यटन व्यवसायीहरु बीच छलफल गर्दा प्रभावकारी हुनसक्ने भन्दै व्यवसायीहरुले सम्मेलनको प्रस्ताव गरेका हुन् ।
‘भारत लगायत विभिन्न देशका पर्यटन व्यवसायीलाई नेपालगन्जमै बोलाएर नेपालका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने र प्रवद्र्धनमा सघाउन आग्रह गर्ने उद्देश्यले सम्मेलन प्रस्ताव गरेका हौं’, भ्यू सिद्धार्थ होटलका प्रबन्ध निर्देशक केशव न्यौपानेले बताए । उनले छिमेकी राष्ट्र भारत, बंगलादेश, श्रीलंका, चीन लगायतका देशमा पर्यटन व्यवसायीलाई सहभागी गराएर सम्मेलन गर्न सके त्यसले सकारात्मक प्रभाव पार्ने बताए ।
नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले मंगलबार पर्यटन बोर्डकै कार्यक्रममा सम्मेलनको प्रस्ताव बोर्डमा गरिसकेकाले स्वीकृति दिन आग्रह गरे । ‘बोर्डले सघाउने हो भने हामी आफै सम्मेलनको आयोजना गर्न सक्छौं’, सिग्देलले भने, ‘पर्यटन व्यवसायी बीचको भेलाले नेपालको पर्यटकीय स्थलको प्रवद्र्धनमा सघाउ पुग्छ ।’ उनले पर्यटन व्यवसायी बीच सम्बन्ध स्थपित हुँदा आगामी दिनमा मुलुकबाहिर प्रवद्र्धन गर्न सहज हुने बताए । ‘भारत र नेपालका सय÷सय व्यवसायी सहभागी गराए मात्रै कार्यक्रम गर्न सके त्यसले ठूलै उपलब्धी दिनसक्छ’, उनले भने ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउन विभिन्न कार्यक्रमहरु आयोजना गरिराख्नु पर्ने धारणा राख्दै फुड फेस्टिबल प्रस्ताव गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागी पर्यटन बोर्डका अधिकारीहरुले बाँकेका व्यवसायीहरु प्रस्ताव उचित रहेको र बोर्डसँग त्यसखालको कार्यक्रम समेत रहेकाले प्रस्तावमा विचार गर्ने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया