नेपालगन्जमा विश्वको पाँचौ ठूलो फ्रेस वाटर स्वीमीङ्ग पुल केही दिनमैं


मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.नेपालगन्जमा निर्माणाधिन नेपालगन्ज अक्वा एडभेञ्चर पार्कमा भित्र वृक्षारोपण


मेगा लगानीमा सञ्चालन हुन लागेको मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.नेपालगन्जमा निर्माणाधिन नेपालगन्ज अक्वा एडभेञ्चर पार्कमा भित्र वृक्षारोपण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर उमा थापा र प्रा. लि. का संरक्षक पशुपति दयाल मिश्रले पार्कमा संयुक्तरुपमा विरुवा रोपेर शुभारम्भ गर्नु भयो ।


नेपालगन्ज क्षेत्रलाई मनोरञ्जन हवको रुपमा विकास र विस्तार गर्नुको साथै रोजगारीको लागि युवाहरुलाई अवसर सृजना गरि पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालन हुन लागेको कुरा प्रा.लि. का प्रवन्ध निर्देशक डा. ओम प्रकाश मिश्रले बताउनु भयो ।
पहिलो र दोस्रो चरणमा करिव १०÷१२ फिट उचाई भएको विरुवाहरु पार्कमा रोपीसकिएको र पार्कमा वातावरणीय हरियाली तथा सौन्दर्यताको लागि ४८ हजार फूल तथा विरुवा पार्क भित्र रोपीने योजना रहेको जानकारी प्रवन्ध निर्देशक मिश्रले जानकारी दिनु भयो ।


वृक्षारोपण कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ केन्द्रिय सदस्य, कृष्ण प्रसाद श्रेष्ठ, नेकपा केन्द्रिय सदस्य मो. हारुन, नेपालगञ्ज होटल व्यवसाय संघका अध्यक्ष भिम कडेल, नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेपराज बस्नेत, कर्णाली डेभ्लपमेन्ट बैकका सिइयो दिनेश कुमार रावत, सेञ्चरी कमर्सीयल बैकका प्रदेश प्रमुख रमण श्रेष्ठ, हेमन्त काफ्ले, विश्वजीत तिवारी र सिद्धार्थ ग्रुप होटल का प्रवन्ध केवश न्यौपाने लगायत नेपालगञ्ज उपमहानरपालि वार्ड नं. १४, १५,१० र १६ का वार्ड अध्यक्षहरु, लगायत डुडुवा गापा ६ का वार्ड अध्यक्ष मोहनराम मिश्र लगायत सम्पूर्ण सहभागीले एउटा/एउटा विरुवा रोपेर सहभागीता जनाउनु भएको थियो ।


करिव ४० करोडको लगानीमा सञ्चालन हुन गइरहेको नेपालगञ्ज अक्वा एडभेञ्चर पार्क भित्र विश्वको पाँचौ सवै भन्दा ठूलो फ्रेस वाटर स्वीमीङ्ग पुल, रेनडान्स, एडभेञ्चर पार्क, रेष्टुरेन्ट, वार, वक्वेट, फन पार्क सहितको सुविधा सम्पन्न मनोरञ्जन पार्क छिटटै सञ्चालनमा ल्याउने जानकारी प्रा.लि.का संरक्षक पशुपति दयाल मिश्रले बताउनु भयो ।

प्रतिक्रिया

प्रतिक्रिया