बागेश्वरी मन्दिरको जग्गा खोजबिन रैतीहरु भन्छन्, ‘मालपोत तिरेर भोगचलन’

कृष्ण अधिकारी / नेपालगन्ज:

बागेश्वरी मन्दिरका रैतीहरुले १९७२ साल देखि नै मन्दिरका पुजारीहरुलाई मालपोत तिरेर जग्गा भोगचलन गर्दै आएको बताएका छन् ।


१९६८ सालमा कायम भएको जग्गाको प्रमाणपत्रहरुमा मन्दिरको रैतीको रुपमा आफ्ना हजुरबुवाहरुको नाम उल्लेख भएको त्यहि प्रमाणका आधारमा बागेश्वरी मन्दिरका पुजारीहरुलाई मालपोत तिरेर जग्गाको भोगचलन गर्दैै आएको नेपालगन्जको करमौनाका रैती परिबारका सन्तान ८५ बिन्द्रा प्रसाद कुर्मीले बताए ।


अरु जग्गाको मालपोत जिम्मवाल वा मालपोत कार्यालयमा बुझाइए जस्तै हामी रैतीहरुले भोगचलन गर्दै आएको जग्गाको मालपोत मात्रै मन्दिरका पुजारीलाई बुझाएको हौ । जग्गाको स्वामित्व सुरु देखि नै रैतीहरुको भएको दाबी उनको छ ।


भुमिसुधार कार्यालय बाँकेका पूर्व नायब सुब्बा समेत रहेका रैतीका सन्तान सम्पत कुमार तिबारीले २०२४ मा जग्गाको नापी हुँदा रैतीहरुले भोगचलन गरेको सबै जग्गा बागेश्वरी मन्दिरको नाममा दर्ता भएको र त्यसका बिरुद्ध रैतीहरुले सर्वाेच्वमा अदालतमा मुद्दा लडेर आफ्नो नाममा कायम गराएको बताउँछन् ।


सर्वाेच्च अदालतले रैतीहरुले भोगचलन गर्दै आएको जग्गा रैतीकै नाममा दर्ता गर्न दिनु भन्ने आदेश दिए पछि सर्वाेच्चको आदेश अनुसार २०२७÷०२८ साल तिर रैतीकै नाममा जग्गा धनीपुर्जा बनेको तिबारीले बताए । उनले भने, ‘सर्वोच्च अदालतको फैसलाको कागजहरु हामीहरु संग छैन त्यो कागज

प्रतिक्रिया

प्रतिक्रिया