अक्टोबर १ देखि लागु हुने बताइए पनि नोभेम्बर ४ सम्म कार्यान्वयन भएन
कृष्ण अधिकारी / नेपालगन्ज :
भारतको प्लान्ट क्वारेन्टाइनको अबरोधका कारण एक बर्ष देखि रोकिएको नेपाली जडिबुटीको निकासी अझै सुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ अर्थात असोज १४, २०७६ मा राजपत्रमा सुचना जारी गरी बिदेशबाट आयात गर्ने जडिबुटीहरुको नया सुचि जारी गरे पछि एक बर्ष देखि रोकिएका जडिबुटीको निकाशी खुल्ने कानुनी बाटो खुले पनि त्यसको कार्यान्वयन अझै हुन सकेको छैन ।
भारत सरकारको भनाइ र गराइ फरक भएका कारण नेपाली डडिबुटी ब्यबसायीहरुले जडिबुटी निकाशीमा अनेकौ समस्या खेप्न परेको गुनासो गर्दै आएका छन ।
भारतको रुपैडिया स्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले भारत सरकारको केन्द्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयबाट नया सुचि अनुसार जडिबुटीको निकाशीखुल्ला गर्नु भन्ने लिखित पत्र न आएको बताउँदै नेपाली जडिबुटीको निकासी रोकिदिएको जडिबुटी ब्यबसायी संघ बाँकेका पूर्व अध्यक्ष राजेश जैनले बताएका छन् ।
‘भारतको रुपैडिया स्थित ब्यबसायीहरुले पनि भारतको प्लान्ट क्वारेन्टाइन र भन्सार कार्यालयले भारत सरकारले अक्टोबर १ मा जारी राजपत्र अनुसार निकाशी सुचारु गर्नु भन्ने किसिमको कुनै पत्र र निर्देशन नआएको बताउँदै प्लान्ट क्वारेन्टाइन र भन्सारका अधिकारीहरुले नेपाली जडिबुटीको निकासी अझै रोकिएको छ’, जडिबुटी व्यवसायी समेत रहेका संघका पूर्व अध्यक्ष जैनले भने ।
राजपत्रमा भने जारी भएकै मितिदेखि कार्यान्वयन हुने भनेर प्रष्ट रुपमा लेखिएको छ । तर, कार्यान्वयन नहुँदा त्यसको मर्का भने नेपाली जडिबुटी निकासी गर्ने व्यवसायीलाई परेको छ ।
‘भारत सरकारले अक्टोबर १ मा जारी गरेको राजपत्र १ सय २२ किसिमका जडिबुटीको सुचि थप गरिएको छ,’ भारतीय ब्यवसायी वकिल अहमद गुड्डुले भने, ‘नयाँ सूचिमा नेपालमा उत्पादन पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना र सिकाकाई रिठठा, टिमुर, कुट्की लगायतका अधिकाश जडिबुटीहरुको नाम समाबेश गरिएको छ ।’
नयाँ सुचि कार्यान्वयनमा आए पछि एक बर्ष देखि रोकिएको नेपाली जडिबुटीको निकासी खुल्ने जडिबुटी ब्यबसायीहरुले बताएका छन् । भारत सरकारको प्लान्ट क्बारेन्टाइन बिभागले बिदेशबाट आयात गर्ने जडिबुटीहरुको नयासुचीमा जारी गरे पछि नेपालगन्ज नाकाबाट निकासी हँुदै आएका जडिबुटीको निकाशीमा २०७५ मंसिर देखि समस्या उत्पन्न भएको थियो ।
भारतको प्लान्ट क्बारेन्टाइनको अवरोधका कारण पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना र सिकाकाई रिठठा, टिमुर, कुट्की लगायतका करिब ६० किसिमका जडिबुटीहरुको निकासी रोकिएको थियो । भारतको प्लान्ट क्बारेन्टाइनले निकासीमा अबरोध गरे पछि करिब १५ हजार टन जडिबुटी थन्किएको ब्यबसायीहरुले बताएका छन् ।
सरकारको प्रष्ट नीति नहँुदा अझै पनि किसानहरुले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न सकेका छैनन । बन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानहरुले जडिबुटी खेती गर्ने क्रम अझै शुरु नभएका कारण जडिबुटी संकलन र बिदेशी निकासी घट्दै गएको हो । करिब १ अर्ब रुपैया“ बराबरको जडिबुटी भारत निकाशी हुदै आए पनि पछिल्ला बर्षहरुमा निकासी घट्दै गइरहेको छ ।