‘मिसेज नेपालगन्ज’लाई ब्राण्डिङ गरिन्छ

जी नेपाल टेलिभिजनले नेपालगन्जमा पहिलो पटक आज फेसन शोसँगै ‘ज्ञान मिसेज नेपालगन्ज’ आयोजना गर्दैछ । गृहणी अनि विवाहित महिलालाई लक्षित गरेर गरिएको कार्यक्रमले उनीहरुको आन्तरिक प्रतिभा उजागर गर्ने विश्वास आयोजकको छ । त्यसैको सेरोफेरोमा जी नेपाल एचडीका सञ्चालक आशीष गुप्तासँग गरिएको कुराकानी दैनिक नेपालगन्ज बाट

पहिलोपटक यसरी नेपालगन्जको मिडियाबाट फेसन शो र बिबाहित महिलाहरुलाई लक्षित गरेर कार्यक्रम गरिदै छ के के हुने हो ? आयोजना बारे बिस्तृत जानकारी दिनुस् न है !

    नेपालगन्जबाट प्रसारित पहिलो स्याटेलाइट फोरके टेलिभिजनले नेपालगन्जमा विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रम गर्दै आएको र त्यसै क्रममा यो कार्यक्रम ‘ज्ञान मिसेज नेपालगन्ज २०७९’ आयोजना गरिएको हो । यो कार्यक्रम काठमाडौं बाहिर हामीलाई लागेको छ कि यो कार्यक्रम पहिलो नै होला ।

खास गरि विवाहिता महिलाहरुको यो कार्यक्रम लुम्बिनी प्रदेशमा समेत पहिलो कार्यक्रम हो । यस कार्यक्रमले महिलाहरुमा कला संस्कृति, शिक्षा र आत्मबल बढाउने भएकोले यो कार्यक्रमको लागि नै सफलता हो । यो कार्यक्रम नेपालगन्ज लागायत बाँके जिल्ला भित्रका सम्पूर्ण महिलाहरुको सहभागिता र उत्साह देखेर हामी उत्साहित भएका छौं ।

यो कार्यक्रमले विवाहिता महिलाहरुको क्षमता कला, संस्कृति संरक्षणमा समेत टेवा पु¥याउने हामीले देखेका छौं । खास गरि नेपालगन्ज लगायत आसपासका मधेशी समुदायका महिलाहरुको समेत यस कार्यक्रममा सहभागिताले हामीलाई सफलताको महसुस भएको अवस्था छ ।

यो हाम्रो पहिलो कार्यक्रम हो जुन सबै समाजलाई समेटेको र यसले एउटा राम्रो संदेश दिएको हामिले देखेका छौं । यो कार्यक्रमलाई नेपालगन्जका प्रतिष्ठित उद्योग केएल दुग्गडले हामीलाई टाइटल स्पोन्सर दिई सहयोग र सहकार्य गरेकोमा हाम्रो मनोबल बढाएको छ । नेपालगन्जलाई उहाँहरुको सधैं हरेक कार्यक्रममा सहकार्य र सहयोगले नै नेपालगन्जको पहिचान बन्दै आएको महसुस गरेका छौं र उहाँलाई धन्यवाद पनि दिन चाहन्छौं ।

के का लागि मिसेज नेपालगन्ज ?

    महिलाहरुको संस्कृति, कल्चर, कला, शिक्षा र स्कीलको प्रस्तुत गर्ने मञ्च बनेको हामीलाई महसुस भएको छ । महिलाहरुले आफ्नो कला संस्कृति स्कील देखाउने स्टेज र उहाँहरुलाई सम्मानित हुने वातावरण पनि हामीले बनाएका छौं यो हाम्रो पहिलो कार्यक्रम भएकोले हामीबाट केहि कमजोरि हुन सक्छन् । तर, विवाहिता महिलाहरुलाई आफ्नो कला संस्कृति झल्काउने र कल्चर लाई बढावा दिने, शिक्षा र लिडरसिप देखाउने स्टेज समेत हामीले देखेका छौं । उहाँहरुको सहभागिताले नै नेपालगन्जको लागि एउटा सन्देश समेत दिएको छ कि हाम्रो कल्चर संस्कृति, लिडरसिप र स्किल भएको महिलाहरु नेपालगन्जमा थुप्रै रहेको उहाँहरुले प्रमाणित गर्नु भएको छ । यस कार्यक्रमले ज्ञान मिसेज नेपालगन्ज मात्र नभई महिला लिडर र कल्चरल तिर घरेलु महिलाहरुको पनि ध्यान रहेको देखिन्छ ।

जी नेपालले स्थानीय कला सस्कृति र कलाकारका लागी कसरी प्राथमिकता दिएको छ ?

    हामीले विगत टेलिभिजन स्थापनाकाल देखि नै स्थानीय कला संस्कृति कल्चर भाषा र समानताको अभ्याष गराउँदै आएका छौं यो हाम्रो सँधै भरि प्राथमिकता रहेको विषय हो, हाम्रो क्रियाकलापले नै देखाएको अवस्था छ ।

हाम्रो टेलिभिजनले नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने पहिलो स्याटेलाइट टेलिभिजन समेत स्थापना गरि र नेपालगन्जको कला संस्कृति कल्चरलाई प्राथमिकता साथ विभिन्न कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । जस्तै प्रमाणहरु नेपालगन्जका नागरिक समाज कानुन व्यवसयी उद्योगी व्यवसायी सरकारी निकायका प्रमुख प्रहरी प्रशासन लगायतको भनाइहरु हामी समय समयमा लिँदै आइरहेको अवस्था छ । हाम्रो टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमहरु भाषा संस्कृति सामाजिक सद्भाव लगायत विषय केन्द्रित कार्यक्रम प्रसारण गर्दै आएको तपाईहरु सबैलाई जानकारी नै छ ।

कत्तिको सहज रहयो आयोजना सफल बनाउनतिर ? खासगरी साझेदारहरुको भूमिका नि ! भविष्यमा पनि निरन्तरताको सोच हो ?

    हामीले कार्यक्रम सुरु गर्दा यहाँका उद्योगी व्यवसायी साझेदारहरुको आसवासन र समर्थनले नै हाम्रो कार्यक्रम आज यहाँ सम्म आई पुगेको आवस्था छ । हाम्रो कार्यक्रमलाई सफल बनाउन साझेदार संस्था कम्पनी उद्योगी व्यवसायीहरुको ठुलो सहयोग र सहकार्य रहेको अवस्था छ । कोरोना पछि पहिलो कार्यक्रम जनु चाहिँ सबैलाई जोडने वातावरण बनाउने कार्यक्रम भएकोले साझेदार संस्थाहरुको सहयोग थोरै भएपनि उहाहरुको सहयोग रहेको अवस्था छ ।

हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको केएल दुग्गड ज्ञान चक्की आटा ब्राण्डले हामीलाई टाइटल स्पोन्सर गरेरे ठुलो सहयोग गरेको समेत भुमिका उहाँले निभाउनु भएको अवस्था छ । भविष्यमा हामी ज्ञान मिसेज नेपालगन्जलाई साझेदार संस्था केएल दुग्गड ग्रुप सँग नै साझेदार गर्ने आशा छ । अरु साझेदार संस्थाहरु सँग सहकार्य गर्न तप्तर नै रहने र उहाँहरुको सहयोगको अपेक्षा गरेका छौं । यो कार्यक्रम अब हामी हरेक १ देखि २ वर्षमा गर्ने सल्लाह र सोच बनाएका छौं । यो एक बा्रण्डको रुपमा लग्ने योजना पनि रहेको छ ।

सामाजिक भूमिकालाई कसरी प्रभावकारी बनाउनेतर्फ तपाईंको मिडियाले काम गर्दैछ ?

    हाम्रो मिडियाले नेपालगन्ज क्षेत्रभित्र मात्र नभई लुम्बिनी प्रदेशमै सामाजिक क्षेत्रका निकाय सँग हातेमालो गर्दै काम गर्दै आएको छ । हाम्रो मिडियाले खास गरि बाँके भित्रका सामाजिक विषयमा केन्द्रित गरेर नै कार्यक्रमहरु प्रसारण गर्दै आएका छौं । जस्तोकी स्थानीय सरोकार । यो कार्यक्रममा विभिन्न विषय वस्तु र जनता सँग सरोकार राख्ने विषय सँग केन्द्रित गरेर नै कार्यक्रम प्रसारण गर्दै आएको तपाईहरुलाई जानकारी गराउन चाहन्छौं ।

अन्तमा केही ?

हाम्रो आयोजनामा जोडिएर दैनिक नेपालगन्जले गरेको योगदानलाई कहिले बिर्सन सकिन्न । कठिन र शुरुवाती दिनमा सहयोग गर्ने साझेदार बन्ने सबै प्रति हामी सदा कृतज्ञ हुनेछौं । यो आयोजनालाई सफल बनाइदिनुस् नेपालगन्जवासीलाई अनुरोध छ ।

प्रतिक्रिया

प्रतिक्रिया