महोत्सव अन्त्यमा छ, तपाईको समिक्षा ?
बाकेको नेपालगन्जमा भएको यो आठौं महोत्सव हो । महोत्सवका सबै पक्ष सबल देखिएको छ । आठौं संस्करणसम्म आइपुग्दा हामी धेरै परिस्कृत भएर आएको महसुस गरेका छौं । अहिलेसम्म भएका महोत्सव भन्दा अहिलेको महोत्सवलाई फरक रुपमा विश्लेषण गर्ने अवसर पनि पाएका छौं । हामीले उपराष्ट्रपति देखि यादव खरेलसम्मलाई नेपालगन्जमा निम्त्याउन सफल भयौं । संस्कृति, साहित्य, कलाका क्षेत्रमा पनि महोत्सवमा उल्लेख्य रुपमा काम हुन सक्यो ।
अन्य मुलुकहरुमा यस्ता महोत्सवलाई राज्यले पनि सहयोग गर्ने गरेको छ । त्यसका लागि हाम्रोमा पनि प्रक्रिया बढेपनि अझै शैक्षिक महोत्सवका लागि राज्यबाट सहयोग पाउन सकेका छैनौं । हालसम्म भएका महोत्सव महासंघले नै आफ्नो बलबुतामा आफ्नै स्रोत र साधन परिचालन गरेर गरिरहेको छ ।
बाकेमा भएको महोत्सवमा जनताको उपस्थिति राम्रो पाएका छौं । र, कार्यक्रमहरु पनि राम्रो चलिरहेका छन् । तर, पुस्तक अवलोकन गरिएपनि पुस्तक किन्ने परिपाटी अलि कम हो कि भन्ने हामीलाई लागेको छ । यसअघिका आयोजना भन्दा यो आयोजनामा हामीले कुनै कमी पाएका छैनौं । समग्रमा पहिलेको भन्दा अहिलेको महोत्सव समग्रमा उत्कृष्ट भएर आएको छ । हाम्रा अवलोकन कर्ताले पनि बुझ्नु पर्ने कुरा के हो भने यो अरु महोत्सव भन्दा फरक छ, यो शैक्षिक महोत्सव हो । यसमा पुस्तक नै प्रमुख पाटो हो, त्यसपछि अन्य कुराहरु हुन् । हाम्रो महोत्सवको मुख्य उद्देश्य पनि पठन संस्कृतिको विकास हो । त्यसले सामाजिक परिवर्तनमा भूमिका खेल्छ भन्ने हाम्रो विश्वास हो ।
आठांै पुस्तक प्रदर्शन पनि व्यवस्थापनका हिसाबले अति राम्रो पाइयो । दर्शकहरुको उपस्थिति पनि उल्लेख्य रह्यो । महोत्सवमा व्यापार पनि भएको छ । तर, हामीले अपेक्षा गरेअनुसार चाहीं भएन । विश्वभरीका नेपालमा उपलब्ध पुस्तक महोत्सवमा पाइन्छ । यहा“का विद्यालय, कलेज, संघ, संस्थाले पुस्तकालयमा राख्न सक्ने राम्रा–राम्रा पुस्तक महोत्सवमा छन् । पुस्तकमा विशेष छुटहरु पनि राखिएको छ । तर, अपेक्षा अनुसार पुस्तक महोत्सवमा बिक्री चाही भएको
पाएनौं । छुटको लाभ लिइएको पनि पाएनौं । आज पनि समय छ । उहा“हरुलाई महोत्सवमा पुगेर लाभ उठाउन आव्हान गर्दछौं ।
महोत्सवमा सांगीतिक महोत्सवमा फोकस भयो जस्तो लाग्दैन ?
सांस्कृतिक कार्यक्रमले महोत्सवको पब्लिसिटीमा सहयोग पुग्छ । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रम दर्शकहरु तान्ने माध्यम मात्र हो । उद्देश्य महोत्सवमा बढी भन्दा बढी दर्शक आकर्षित गरेर पाठ्यपुस्तक अवलोकन गराउने
हो । शैक्षिक महोत्सवमा सांस्कृतिक कार्यक्रम नगर्दा पनि हुने हो । तर, त्यसो नगर्दा अवलोकनकर्ताहरुको संख्या न्यून हुनेगर्दछ । पहिलो र दोस्रो महोत्सवमा हामी कुनै तामझाम गरेनौं । सांस्कृतिक कार्यक्रम नगर्दा पनि त्यहा“ भव्य रुपमा महोत्सव सफल भएको थियो । पुस्तकको बिक्री प्रशस्त भएको थियो । तर, त्यसपछि भएका महोत्सवमा सांस्कृतिक कार्यक्रम सहितको मोडालिटिमा गयो ।
महोत्सवबाट महासंघले के सिकेको छ ?
आठौं महोत्सवबाट हामीले धेरै कुरा सिकेका छौं । नेपालगन्जमा महोत्सव हु“दै गर्दा त्यसअघि दाङ्गमा भएको महोत्सव बाट पाएका फिडब्याक हामीले जिल्लाका साथीहरुलाई भनेका थियौं । यो महोत्सवमा सुरुका दिनदेखि नै अन्तरक्रियात्मक कार्यक्रम भयो । नेपालगन्जमा भएको महोत्सवमा सुरुका दिनमा लेखक, पाठक र प्रकाशक बीच अन्तरक्रिया भयो । त्यो धेरै राम्रो अन्तरक्रिया रह्यो । महिला स्रष्टाहरु बीच भएको काव्य विमर्श पनि धेरै राम्रो कार्यक्रम हो । कविता प्रतियोगिता, बहुभाषिक कविता प्रतियोगिता उत्कृष्ट रह्यो । वक्तृत्वकला, विज्ञान प्रदर्शनी लगायतका कार्यक्रम भए । यी सबै कुराहरु नेपालगन्जबाट सिक्ने कुरा रह्यो । महोत्सवका महत्व बुझाउन हाम्रा साथीहरु हरेक विद्यालय, कलेज पुग्नुभएको थियो । अवलोकनमा आउने विद्यार्थीहरुले आफुलाई आवश्यक र महत्वका पुस्तक किन्ने अवसरलाई नबुझेर पनि हुनसक्छ ।