बागमती प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

बागमती प्रदेश सभाको चालू १७औँ हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि बागमती प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो। प्रदेश सभाको अधिवेशन आह्वान तथा अन्त्य प्रदेश प्रमुखमार्फत हुने संवैधानिक व्यवस्था रहेको छ। चालू अधिवेशन गत चैत २४ गतेदेखि सुरु भएको थियो।

यसैबीच, बैठकले दुई वटा संशोधन विधेयकलाई प्रदेश सभामा पेश गर्नुअघि थप छलफलका लागि मन्त्रिपरिषद् समितिमा पठाउने निर्णय गरेको छ। तीमध्ये वातावरण संरक्षण ऐन संशोधन विधेयक र प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधन विधेयक रहेका छन्।

त्यसैगरी, मन्त्रिपरिषद्ले ‘प्रदेश निजामती सेवा नियमावली, २०८१’ स्वीकृत गरेको छ। साथै, काभ्रेपलाञ्चोकमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई प्रदेश राजधानी हेटौँडा स्थानान्तरण गर्ने निर्णयसमेत गरिएको छ।

प्रतिक्रिया

प्रतिक्रिया