सीमापारिबाट ल्याइएका अवैध सामानसहित भ्यान पक्राउ

सीमापारिबाट भन्सार छली गरी नेपाल भित्र्याइएका कपडा तथा कस्मेटिक सामग्री सुनसरीको दुहबी नगरपालिका–५ बाट प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार कोशी राजमार्गमा विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक भ्यानलाई जाँच गर्ने क्रममा अवैध सामान फेला परेको हो। इलाका प्रहरी कार्यालय दुहबी बाट खटिएको प्रहरी टोलीले बिलबिजक नभएका लत्ताकपडा तथा कस्मेटिक सामग्री बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामानको अनुमानित मूल्य तीन लाख पाँच हजार ९०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामग्री नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको तथा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रतिक्रिया