नेपालगन्ज : व्यवसायी पक्राउको तयारी

राजश्व अनुसन्धानका कर्मचारी–व्यवसायी बीचको विवाद बढ्दै गएको छ । कर्मचारीले दुव्र्यवहार तथा कुटपिट विरुद्ध प्रहरीमा उजुरी गरेपछि प्रहरीले व्यवसायीलाई पक्राउको तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले व्यवसायीलाई आफै हाजिर हुन सूचित गरेको छ । अन्यथा प्रहरीले पक्राउ गरेरै कानुनी कारवाही अगाडि बढाउने भएको छ ।

प्रहरीले व्यवसायी पक्राउ गर्ने तयारी गरेपछि व्यवसायीहरु भने प्रतिवादको मुडमा रहेका छन् । व्यवसायीहरु प्रहरीमा नजाने मुड बनाएपछि आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा अगुवा व्यवसायीहरु छलफलमा बसेका छन् ।

कर्मचारी संगठनले कर्मचारी विरुद्ध भएको दुव्र्यवहारको प्रति ध्यानाकर्षण गर्दै कडा कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया