बाँकेमा कोरोनाः निको हुनेको संख्या १६ सय नाघ्यो

कोरोना संक्रमणबाट निको हुनेको संख्या पनि दिनहुँ बढिरहेको छ । बाँके जिल्लामा आज आइतवारमात्रै ८ महिला सहित १८ जना निको भइ घर फर्किएका छन् । आजसम्म बाँकेमा दुई हजार २६ संक्रमितमध्ये एक हजार ६०२ जना निको भएका छन् । यो ७८ प्रतिशत भन्दा बढी हो ।
हिजो शनिवार ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए। कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, शनिवार २३ पुरुष र १९ महिला डिस्चार्ज भएका हुन् । उनीहरु भेरी अस्पताल नेपालगन्जको आइसोलेसन, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको चिसापानी आइसोलेसन र बैजनाथ गाउँपालिकाको वनकटुवा आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ६०२ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया