पछिल्लो केहि दिन यता बिद्युत अनियमित भएका कारण नियमित रुपमा बिद्युत सेवा रुचारु गर्न माग गर्दै नेपाल बिद्युत प्राधिकरण, नेपालगन्ज बितरण केन्द्रमा ज्ञापनपत्र बुझाईएको छ ।
नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका क्षेत्रमा बिद्युत अनियमित भएकाले बिद्युत सेवा नियमित गरिदिन गोल्डेन एज अनलाईन प्रालिका प्रबन्ध निर्देशक जयसिंह केसीले नेपाल बिद्युत प्राधिकरण, नेपालगन्ज बितरण केन्द्रका प्रमुख लखन लला मल्लिकलाई ज्ञपानपत्र बुझाएका हुन् ।
बिना जानकारी बिद्युत अनियमित हुँदा कोरोना भाईरसका कारण बिद्यार्थीहरुको अनलाईन क्लास अबरुद्ध हुनुका साथै कलकारखाना, कृषि क्षेत्रमा नराम्रोगरि प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै नेपाल बिद्युत प्राधिकरण, नेपालगन्ज बितरण केन्दका प्रमुख लखन लला मल्लिकले यस बिषयलाई गम्भिरतापूर्व लिईनुका साथै मातहतका प्राबिधिकहरुलाई नियमित आपूर्तिको ब्यबस्था मिलाउन निर्देशन समेत दिएका छन् ।











