नेपाल रेडक्रस सोसाइटीको किन पुनर्संरचना ?

रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको परिकल्पना अनुसार विश्वमा रेडक्रस अभियान सुरु भएको १०० वर्र्ष पछि वि.सं. २०२० भाद्र १९ गते तदर्थ समिति गठन भई नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । यही दिन अर्थात भाद्र १९ लाई नेपाल रेडक्रसले जन्म दिन मानेर दिवस मनाउँदै आएको छ । यस बर्ष कोरोना कहरकाबीच हिजोदेखि सोसाइटीको ५८ औं जन्म दिन मनाइरहेको कुरा सामाजिक सञ्जालका पोष्टहरुबाट अवगत भै रहेको छ ।
तत्कालीन समयमा सरकारले नेपालमा पनि राष्ट्रिय रेडक्रस सोसाइटीको आवश्यकता महसुस गरेर वि.सं. २०२० माघ २४ गते (सन् १९६४ फेब्रुवरी ७) मा नेपाल सन्धि ऐनअनुसार जेनेभा महासन्धिहरुको पालना गर्ने प्रतिबद्धताकासाथ हस्ताक्षर गरेपश्चात् नेपाल रेडक्रस सोसाइटीले सन् १९४९ को जेनेभा महासन्धिहरुअनुरूप मानवीय कार्यका क्षेत्रमा सरकारको सहयोगी (Auxiliary to the public authorities in the humanitarian field) स्वयंसेवी सहायता संस्थाको रूपमा नेपाल राष्ट्रभरी कार्य गर्ने गरी आधिकारिक मान्यता पाएको थियो । स्थापना भएकै वर्र्ष सन् १९६४ अक्टोबर १ मा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) र सन् १९६४ अक्टोबर २ मा तत्कालीन लीग अफ रेडक्रस सोसाइटीज (हालको महासङ्घ) बाट रेडक्रस अभियानको सदस्यको रूपमा मान्यता पाएपश्चात् नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको एक सदस्य भएको हो । यद्यपि यो संस्था वि.सं. २०२१श्रावण २५ गते तत्कालीन जिल्ला मजिष्ट्रेट कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको र बर्र्र्सेेनि नविकरण हुँदै आएकोमा गत बर्षदेखि नवीकरण बिना नै चलिरहेको छ ।
सरकारको सहयोगीको रुपमा काम गर्ने मान्यता पाएको र गैरसरकारी संस्था दर्ता ऐन २०३४ अनुरुप दर्ता भएको,समाज कल्याण नियमावली २०४९ तथा संघ संस्था आवद्धता निर्देशिका २०७१ अनुसार आवद्ध यो संस्थाको कानुनी हैसियत स्वयंसेवकको पगरी भिरेर चुस्न पल्केकाहरुको व्यवहारका कारण सकिएको छ । हुन त वैधानिक प्रावधान पुरा गर्न संस्था दर्ता रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीलाई बेला बेलामासचेत गराएको र भएका अनियमिततम बारे थप अनुसन्धान गर्न सरकारको माथिल्लो तहलाई नगुहारेको पनि होइन् । तर पनि तत्काल निवृत्त कार्यसमितिले स्वेच्छाचारी ढंगबाट संस्थालाई चलाएकाकारण जिल्ला प्रशासन कार्यालयकाडमाडौंले तत्कालिन कार्यसमिति भंग १५ सदस्यीय तदर्थ समिति गठन गरेर कार्यादेश समेत दियो । स्वयंसेवकको पगरी भिरेर चुस्न पल्केकाहरुबाट पैसा वा शक्ति वा दुबै प्रयोग गरेर केही न्यायमूर्तिहरुको आडमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गठन गरेको समितिलाई अबैधानिक ठहराइयो र २० दिन भित्रै उनीहरु नै पुनर्बहाली भै नेपाल रेडक्रसको शाशन सञ्चालन गरे ।
तत्काल निविृत नेपाल रेडक्रसको कार्यसमितिले आफूहरुलाई जोगाउन पटक–पटक चुनावको कसरत गरे पनि सरकारसँग असमझदारी बढ्दै जाँदा यही मिति २०७७श्रावण १२ गतेको मन्त्री परिषद्को बैठकले तत्कालिन कार्यसमिति विघटन गरेर नयाँ तदर्थ समिति गठन गरेको छ । अहिले भने पुरानो समितिले निहित स्वार्थ सिद्ध गर्न सरकारसँग अर्को जुहारी खेल्छखेल्दैन प्रतिक्षाको बिषय बनेको छ ।
विगतको अदालतको फैसलालाई समेत आधार मानेर मन्त्री परिषद्ले नयाँ तदर्थ समिति गठन गरेबाट मनैदेखि रेडक्रसलाई माया गर्नेहरु र परिआउँदा निःस्वार्थरुपमा स्वयंसेवा गर्नेहरु खुशी भएका छन् । सरकारले नयाँ समिति बनाउँदा के–के कहिलेसम्म गर्ने आदेश दिएको छ सो त स्पष्ट भएको छैन तथापि ५८औं जन्म दिवस मनाइरहँदा नयाँ समितिले यो संस्थालाई संकट र पीडामा रहेको मानवको तत्काल उद्धार र राहत दिन सक्ने सक्षम संगठनको रुपमा उभ्याउने प्रतिबद्धता गर्नु अपरिहार्य छ । यसका लागि सरकारले जनेभा लोकसम्मतिको पालना गर्ने प्रतिबद्धता दोहो¥याउनु जरुरी छ भने नेपाल रेडक्रस सोसाइटीले सरकारको सहयोगीको भूमिकामा रहनु र सो अनुसारको व्यवहार गर्नु आवश्यक छ ।
राम्रो ख्याति भएका संगठनहरुले जन्मोत्सवहरु मनाउँदा नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्ने विश्वव्यापी प्रचलन छ । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानमा समेत यो अभ्यास कायम छ । तसर्थ नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समितिले पनि विगतको समितिले गरेका सबै कमिकमजोरी सच्याउदै समयसापेक्ष संगठनको पुनर्संरचना गर्ने प्रतिवद्धता सार्वजनिक गर्न हार्दिक आव्हान गर्दछु । यसबाटरेडक्रसका इमान्दार स्वयंसेवकहरुको भावनाको कदर हुनुको साथै धमिलिंदै गएको ख्याती जोगाउन कोशेढुङ्गा साबित हुनेछ । प्रसङ्ग उठ्न सक्छ कहाँबाट पुनःसंरचनाको थालनी गर्ने र कुन–कुन क्षेत्रमा पुनसंरचना गर्ने ?
केन्द्रदेखि वडासम्म सञ्जाल भएको, धेरै क्षेत्रमा कार्य गरेको र विगतका समितिलाई भोट दिएका आश्थाका बन्दीहरु उपशाखा, शाखा, प्रदेश र केन्द्रमा पनि रहेको परिस्थितिमा पुनर्संरचना कहाँबाट शुरु गर्ने भन्ने अन्योल हुन सक्छ । यसको शुरुवात सबैभन्दा पहिले नेतृत्व पंक्तीमा रहेको माइन्ड सेटबाट शुरु गरौं । मानवीय सहयोगका लागि सरकारको सहयोगीको रुपमा कार्य गर्ने स्वयंसेवी संस्था हो, रेडक्रस । विभिन्न क्षेत्रका अनुभवी सच्चा स्वयंसेवक संस्थामा भित्र्याउने वातावरण तयार गरौं । निश्चित अवधिपछि सहजरुपमा नेतृत्व हस्तान्तरण गर्ने परिपाटी तयार गरौं । रेडक्रसको विभिन्न तहमा पसेर अरुलाई समाजसेवा जपाएर आफूहरुले लाभ लिन पल्केकाहरुलाई संस्थामा कहिल्यै आउन नसक्ने कानुन बनाऔं । सामाजिक सेवाका क्षेत्रमा स्वच्छ छवि बनाएका तथा संस्थामा लामो अनुभव संगालेका व्यक्तिहरुलाई पालिका, प्रदेस र केन्द्रको नेतृत्वमा ल्याउने सोंच बनाऔं ।
हाल धमिलो भएको नेपाल रेडक्रसको छवि राम्रो बनाउन निम्न कार्यहरु गरेर संस्थाको पुनसंरचना गर्न म नयाँ तदर्थ कार्यसमितिलाई हार्दिक अपिल गर्दछु ः
ज्ञ। सर्वप्रथम रेडक्रस कानुन बनाएर लागू गर्नसरकारका निकायहरुसँग संवाद थालौं, पैरवी गरौं । साथै अब बन्ने रेडक्रस कानुनमा तल उल्लेखित बुँदाहरु पनि समेटौं ।
द्द। नेपाल रेडक्रसले विशेषज्ञता हासिल गरेको कुनै एक वा दुई क्षेत्रमा मात्र कार्य गर्ने भनेर तोकौं । उदाहरणका लागि विपद् व्यवस्थापन र स्वास्थ्य (रक्तसञ्चार सेवा र आँखा सेवा) । यसका लागि सरकारले रेडक्रससँग मिलेर कार्य गर्ने र अन्तर्राष्ट्रिय कोष परिचालन गर्दा पनि सरकारमार्फत भएर आउने व्यवस्था स्पष्ट उल्लेख गरौं । हाल गरिरहेका मानवीय मुल्य तथा सामाजिक समावेशीकरण र संगठन विकासका गतिविधिहरु सरकारको संरचनामा एकाकार गर्दै सरकारको संरचनामा विलिन गर्ने कार्ययोजना बनाएर लागू गर्ने उल्लेख गरौं ।
घ। नेपाल रेडक्रसको संगठनात्मक संरचना सरकारको संरचनासँग तालमेल हुने गरी पुनर्संरचना गरौं । यसको लागि केन्द्र, प्रदेश र पालिकास्तरको संरचना बनाऔं । पालिकातहको संरचनालाई शाखा, प्रदेस तहको संरचनालाई प्रदेश र संघ तहको संरचनालाई केन्द्र भनौं । यी संरचनाले नै हरेक तहको सरकारको सहयोगीकोरुपमा भूमिका निर्वाह गर्ने स्पष्ट पारौं । साथै विगतमा विधानमा राखिएको सदस्यतासम्बन्धी सिन्डीकेट हटाऔं । सदस्यता वितरणको नयाँ आधार बनाइ लागू गरौं । सदस्यता वितरण गर्दा अन्य पेसाका व्यक्तिहरु खास गरेर शिक्षक र सरकारी कर्मचारी आफ्नो मुल पेसामा नै रहेर कार्य गरुन् भन्ने तर्फ ध्यान दिऔं । अहिलेसम्म वितरण गरिएको सदस्यताको आधारमा चुनाव कदापि नगराऔं । हालको सदस्यताको आधरमा चुनाव गराएमा पुनः पुरानै व्यक्तिहरु वा उनीहरुको आशिर्वाद प्राप्त गरेका व्यक्तिहरु नै पुनः दोहोरिन्छन् । त्यही सोंचले काम गर्छन र तीनले रेडक्रसलाई नयाँ ढंगबाट अघि बढाउन सक्तैन््न ।
द्ध। नेपाल रेडक्रसले गर्ने काम र आवश्यक जनशक्तिको उचित लेखाजोखा गरौं । कामअनुसारको योग्यता परीक्षण गरेर आवश्यक कर्मचारी राखौं । निजहरुलाई नेपाल सरकारले व्यवस्था गरेअनुरुपको सेवा सुबिधा दिने व्यवस्था मिलाऔं । जिल्ला र उपशाखाका स्वयंसेवक र कर्मचारीले परियोजनासमेतबाट लिएका भत्ताहरु संस्थामा फिर्ता गर्न पत्राचार गरौं ।
छ। विगतमा नाम मात्रको परीक्षा वा अन्तरवार्ता लिई भर्ना गरेका सबै पद खारेज गरौं । आवश्यक भएमा पुनः निष्पक्षरुपमा परीक्षा लिने व्यवस्था गरौं ।
ट। केन्द्र, जिल्ला र उपशाखाका पदाधिकारी वा कर्मचारीले व्यक्तिगत कामका लागि प्रयोग गरिरहेको संस्थाको साधनको दुरुपयोग पूर्णरुपमा बन्द गरौं । खरिद नगरेको समानको वा नगरेको कामको बिल बनाएर नियमित आम्दानी हुने रक्तसञ्चार सेवा केन्द्रजस्ता सेवाको खाताबाट भुक्तानि लिने जिल्ला र उपशाखाहरुमा समेत प्रचलित अभ्यासको छानविन गरौं ।
ठ। सरकारलाई स्वयंसेवक आवश्यक पर्दा रेडक्रसले उपलब्ध गराउने व्यवस्था मिलाऔं ।
ड। केन्द्र, जिल्ला तथा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु र तिनलाई पैसाको प्रलोभनमा पारेर आफ्नो दुनो सोझ्याएकाहरुको सम्पत्ति छानविन गरौं र तिर्नु पर्ने देखिएको पैसा रेडक्रसको कोषमा जम्मा गर्ने व्यवस्था मिलाऔं ।
ढ। स्वयंसेवक बोलेपछि कानुन भन्ने, नियम मिचेर खर्च गर्ने र पछि मिलाउन दवाब दिने मिचाह प्रवृत्ति तुरुन्त बन्द गरौं ।
ज्ञण्। संस्थाको सबै तहको दीगापनका लागि हालको सम्पति र नगदका स्रोतहरु यकिन गरौं । संस्थाको नयाँ बन्ने संरचनाहनुसरा उचित बाँडफाड गरौं र सबै तहको संरचनाको दिगोपना सुनिश्चित गरौं ।
ज्ञज्ञ। रेडक्रसका पदाधिकारी भएको नाताले केन्द्र, शाखा र परियोजनामा भर्ना गरिएका कर्मचारीहरुको शैक्षिक योग्यताका प्रमाण पत्रहरु र निजहरुको सक्षमता पुनर्मूल्याङ्कन गरौं । पदको दुरुपयोग गरेर भर्ना गरिएका व्यक्तिहरुलाई बिदाइ गरौं ।
ज्ञद्द। व्यक्तिगत काममा विभिन्न स्थानको भ्रमण गरेर संस्थाको काममा गएको भनेर पेश गरिएका बिलको छानविन गरेर निजहरुबाटअसुलउपर गरौं ।
ज्ञघ। अबका दिनदेखि रेडक्रसलाई विपद् व्यवस्थापन र स्वास्थ्य (रक्तसञ्चार सेवा र आँखा स्वास्थ्य) को विज्ञ संस्थाकोरुपमा अद्यावधिक गरौं । साथै ती क्षेत्रसँग सम्बन्धित परियोजनामात्र सञ्चालन गर्ने व्यवस्था मिलाऔं ।
अन्तमा, नेपालको भुगोल, प्रशासनिक संरचना, जनताको आवश्यकताको आधारमा तत्काल राहत तथा प्रतिकार्यको कार्य गर्ने संस्थाको आवश्यकता अझै पनि उत्तिकै छ । तर यस्तो काम गरेको निहुँमा संकट र पीडामा रहेको व्यक्तिहरुको नाममा आएको रकमको सही सदुपयोग हुनु त्यतिकै जरुरी छ । पछिल्ला दिनहरुमा कुरा गर्दा संकटमा र जोखिममा रहेका समुदायको हित र उत्थानको गर्ने तर साम, दाम, दण्ड, भेद प्रयोग गरेर आफ्नै भुँडी भर्न तल्लीन केन्द्रदेखि जिल्लाका रेडक्रस नेतृत्वका कारण संस्था आजको अवस्थामा आइपुगेको हो । तसर्थ नयाँ नेतृत्वले संकट र जोखिममा रहेका समुदायलाई गुणस्तरीय सेवा दिने र सच्चा स्वयंसेवकहरुको योगदानको कदर हुने गरी कदम चालोस् । पहिला संस्था र पछि आफूलाई हरेक निर्णय गर्दा मनन गरोस् । सदस्यताको सिन्डीकेट र सो अनुरुपको विधान हटाओस् । सबै अटाउने संस्था बनाउन माथिका सुझावहरु लागू गर्दै पुनर्संरना गर्ने प्रतिबद्धता गरोस् । समयले हालको तदर्थ समितिलाई चुस्त दुरुस्त प्रणालीमा चल्ने रेडक्रस बनाउने जिम्मेवारी सुम्पेको छ । आजको यहाँहरुको कामले नेपाल रेडक्रस भविष्य निर्धारण एवम् रेडक्रसका शुभचिन्तकहरुको भावनाको कदर हुनेछ भन्ने अपेक्षा छ । प्रणालीमा चल्ने रेडक्रस बनाउन पुनर्संरचना गर्न आवश्यक छ ।











