बाँकेमा कोरोना संक्रमित एक अर्काे व्यक्तिको ज्यान गएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार, आइतवार राती साढे ८ बजेतिर एक जना पुरुषको मत्यु भएको हो (हेर्नुस् सूची) आइसोलेसनमा बसेका ५९ वर्षीय उनी नेपालगन्ज ९ का हुन् ।

उनीसँगै कोरोनाका कारण ज्यान जानेको संख्या बाँकेमा ७ पुगेको छ । आजमात्रै बाँकेमा ४१ जना संक्रमित थपिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।











