कोरोनाः एकैदिन देशभर १२२८, थपिए बाँकेमा ३९ संक्रमित

बाँकेमा आज एकै दिन ३९ जना संक्रमित थपिएका छन् । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालको ल्याब परीक्षणमा आज ३९ जना संक्रमित पुष्टि भएको हो । (हेर्नुस् सूची)

श्रेष्ठका अनुसार, २० र कोहलपुरका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा २९ पुरुष र १० जना महिलालाई कोरोना भएको छ ।

यसैबीच, मुलुकभर पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया