बाँके जिल्लामा कोरोनाले कहर थपिनै रहेको छ । त्यसक्रममा सोमबारमात्रै थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालका अनुसार, थपिनेमा कोहलपुरका १७, नेपालगन्जका ८, खजुराका ६, विभिन्न स्वास्थ्य संस्थाका ७ जना लगायत छन् । (हेर्नुस् अस्पतालको सुची)

यससँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ४२ जना पुगेका छन् । निको भएर आज ३ जना घर फर्किएका छन् ।











