भोलिबाट सवारी साधनमा जोरबिजोर

बाँकेमा भोलि शनिवारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै बजार खोल्न विभिन्न मापदण्ड बनाएको बाँके जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले शनिवार बिजोर नम्बर परेकाले जोर नम्बर प्लेट भएका गाडी पूर्णतः निषेध गरिएको बताए ।
मुलुकभर पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसक्रममा बाँकेमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया