आन्तरिक राजस्व कार्यालय, बाँके जिल्ला अदालत र यातायात व्यवस्था कार्यालयपछि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय नयाँ हटस्पट देखिएको छ । नेपालगन्जमा वडाध्यक्ष, वडासचिव सहित थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ५४ जनाको स्वाब संकलन गरिएकोमा एक जना वडाध्यक्षसहित दुई जनामा सोमवार संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । (हेर्नुस् सूची)

संक्रमण पुष्टि भएपछि खजुरास्थित आइसोलेसन अस्पतालमा भर्ना भएका नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले सामाजिक सञ्जालमार्फत आफुलाई कुनै समस्या नभएको प्रतिक्रिया सहित शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।











