बढ्दो लकडाउन अवधीमा स्थानिय तहबाट बितरण गरिएको राहत बारे अधिकारकर्मीले चासो राखेका छन् । राष्ट्रि«य अधिकार आयोगका नेपालगंज शाखा प्रमुख चन्द्रकान्त चापागाइर्, अधिकृत वसन्त अर्याल र अधिकारकर्मी वसन्त गौतम सम्मिलित टोलीले राहत बितरणमा चासो राखेको हुन ।
बैजनाथका केहि द्धन्द्ध पीडितले लकडाउन अवधीमा स्थानिय तहबाट बाडिएको राहत पाउन नसकेको भन्ने गुनासो गरे पछि अधिकारकर्मीको टोलीले पालिका अध्यक्ष मान बहादुर रुचाल र वडा अध्यक्ष राम चरण थारुसंग भेटी यस बारे चासो राखेको हुन । कमला बिक लगायतका द्धन्द्ध पीडितसंग भेटी उनीहरुको अवस्थाका बारेमा जानकारी लिएको अधिकारकर्मी वसन्त गौतमले बताए । लकडाउनका कारण द्धन्द्ध पीडितलाई औषधी उपचार र खानपानमा समस्या परेको भनी आफुहरुलाई गुनासो गरेको राष्ट्रि«य अधिकार आयोगका नेपालगंज शाखा प्रमुख चन्द्रकान्त चापागाईले जानकारी दिए ।
अधिकारकर्मीको टोलीले पालिका अध्यक्ष मान बहादुर रुचालसंग हाल पालिकामा कोरोना संक्रमणको अवस्था, क्वारेन्टाईनको अवस्थामा बिषयमा जानकारी लिएको थियो । यस क्रममा पालिकामा हाल एकजना पनि कोरोना संक्रमितको सख्या नरहेको, क्वारेन्टाईन नभएको, बाहीरबाट आउनेहरु घरमै क्वारेन्टाईनमा बस्ने गरेको जानकारी दिए । सरकारले लकडाउन फुकुवा गरे संगै हाल सिमावर्ति भारत लगायत देशमा अन्य क्षेत्रबाट आएका ब्यक्तिहरु बिना चेकजाँच घरमै बस्ने गरेको पाईएकाले समुदायस्तरमा कोरोना फैलिन सक्ने संभावना बढेको अधिकारकर्मी बसन्त गौतमले बताए ।

अधिकारकर्मीको टोलीले कोहलपुरकी बिरामी द्धन्द्ध पीडित देवीसरा बिकको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको जनाएको छ । बेपत्ता परिवारकी बिक बिगत एक बर्ष देखि सख्त बिरामी छन् । यसै गरि निजको १० बर्षे नाती समर बिक सख्त घाईते भई काठमाण्डौको एक अस्पतालमा उपचाररत रहेको र आर्थिक अभावमा उपचारमा समस्या परेकाले उपचारमा सहयोग गर्न द्धन्द्ध पीडित देबीसार बिकले सबैमा अनुरोध गरेकी छिन । उपचार गर्दा हालसम्म ९ लाख खर्च भैसकेको र अहिले आर्थिक अभावमा उपचारमा समस्या भएकाले सहयोहगको अपिल गरेको बिकले बताएकी छिन । अधिकारकर्मीले केही महिना पहिले सुरक्षाकर्मीद्धारा यातना पाएका बाँके हवल्दारपुरमा दिनेश यादवको हालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको जनाएको छ ।
अधिकारकर्मीसंगको भेटघाटका क्रममा यातना पीडित यादवले अहिले पनि यातनाको असर रहेको र खाली खुट्टा हिड्न समस्या परेको बताएका थिए । रातमा अहिले पनि प्रहरीले पिटेको सपना देखि मानसिक तनाव हुने गरेको भनी बताएका अधिकारकर्मी वसन्त गौतमले बताए । यात्राका क्रममा बसमा एक महिलाको गहना चोरी गरेको आरोपमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा एक दिन थुनामा राखेर सोधपुछका क्रममा यातना दिएको पीडित यादवले बताए ।











