
जतिबेला देखि विश्वमा कोरोनाभाइरसको आव्रmान्त बढी रहेको थियो । त्यतिबेलादेखि नै मेरो मस्तिस्कमा निकै डर उत्पन्न भईरहेको थियो । नेपालमा पनि विस्तारै यसको प्रभाव बढ्दै गयो । सुरुमा कैलालीको धनगढी सेती प्रादेशिक अस्पतालमा देखा परेको कोभिड १९ मन नै आंतकित बनाइरहेको थियो । सुरुमा नेपालमा कोरोना भाइरसको परिक्षण कार्य पनि निकै जटील अवस्थामा थियो । विरामीको स्वाव परीक्षण पनि केन्द्रीय अस्पताल टेकुको प्रयोगशाला काठमाडौमा पठाउन पर्दथ्यो । नतिजा आउन पनि निकै समय लाग्ने, यस्ता कुराहरुले हामी स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु पनि निकै आतंकित थियौ यस्तै परीवेशमा हाम्रो भेरी अस्पताल पनि गुज्रिरहेको थियो । नयाँ विरामी अस्पताल आउँदा डराउन पर्नै अबस्था थियो ।
त्यसमा पनि कोरोना छ की भन्ने पिर हामीलाई लागि रहन्थ्यो । तैपनि हामीहरुले विरामीहरुको स्याहारमा कुनै पनि कसुर बाँकी नराखी नियमीतझै हेरचाहा गर्यौ । यस्तै व्रmममा भेरी अस्पतालमा पनि कोरोनाको आशंका गरिएको विरामी आए त्यतिबेला परीक्षण गर्ने पनि टेकु अस्पतलमा स्वाव पठाउन पर्ने त्यसको नतिजा आउन पनि समय नै लाग्थ्यौ । परिक्षणको निम्ती स्वाव काठमाडौमा पठाइयो यो कुराले झन् हामीलाई त्रसित बनायो मनमा सारै डर लाग्यो । यी दिनहरुमा कही कतैबाट हामीमा नै कोरोना पोजेटिभ त छैन भन्ने कुराहरुले साहै चिन्तित बनाइरहेको थियो ।
यस्तै तनावको बीचमा पनि आप्mनो नियमित काम अस्पतालमा गरिरहेका थियौ । प्रमुख नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा आएर हामीले काठमाडौ पठाएको रिपोर्ट नेगेटीभ छ तपाईहरु केही पनि आत्तिन’ पर्दैन भन्ने कुरा सम्झाउनु भयो । उहाँहरुको यो कुराको हामी असाध्यौ खुसी भयौ । हामीलाई मनोबैज्ञानिक रुपमा पनि उहाँहरुले हाम्रो मनोबल उच्च बनाउने काममा झन् प्रेरणा जगाउने काम गर्नुभयो । भेरी अस्पताल बाँकेमा केस देखिनु भन्दा पहिले नै अब हाम्रो बाँकेमा पनि केस देखिन्छ नै भनेर उहाँहरुले जति पनि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई टे«निङ्ग दिने देखि लागेर अस्पताल व्यवस्थापनका साथै पीपीइको अभावमा स्थानीय स्रोतलाई प्रयोग गरेर पीपीइ बनाउने देखि लिएर सबै कार्यमा एकले अर्कोलाई साथ सहयोग गदै अघि बढिरहनु भएको थियो ।

दिनहरु यसरी बिरामीको स्याहारमै बितिरहेको थियो । एक्कासी बाँकेको नेपालगन्जमा भारतवाट आएका एकजना पुरुषमा कोरोना पोजेटिभ देखियो । त्यतिबेलासम्म हाम्रो अस्पतालमा निकै कठिनाईका साथ कोरोना परिक्षण गर्ने पीसीआर मेसिन जडान अस्पताल प्रशासनले मिलाई सकेको थियो । त्यसको कन्ट्याक्ट टे«सिङ्ग गर्ने काम दिन रात नभनी भइरहेको थियो । त्यसलगतै केस कोरोना पोजेटिभ भयो र केस बढ्ने व्रmम जारी रह्यो । त्यति बेलासम्म हामीहरुमा एक प्रकारको डर त्रास छुटिसकेको थियो ।
हामी उच्च मनोबलका साथ काम गरी रहेका थियौ । हामो मन मष्तिकमा कोरोनाको कहर अरुलाई बचाउने रहर हाम्रै मनमा जागिसकेको थियो । यो बेला हामीले नगरे कसले गर्छ स्वास्थ्य क्षेत्रमा काम गर्ने हामी स्वस्थ्यकर्मीहरुले अहोरात्र खटिएर हामीले आप्mनो ज्यानलाई प्रवाह नगरेर भएपनि अरुलाई बचाउनुपर्छ भन्ने भावनाको विकास हामीहरुसँग भइसकेको थियो । देशमा स्वास्थ्य क्षेत्रमा संकट परेको बेला देशलाई बनाउन पर्छ नेपालमा बसोवास गर्ने प्रत्येक नागरिकको संविधानमा व्यवस्था भएको स्वास्थ्य तथा खाद्य सम्प्रभुताको मौलिकहकलाई हामीले कार्यन्वयनमा ल्याउन पर्छ भन्ने कुरा हामालाई राम्रो सँग थाहा थियो । त्यसैले हामीले अहोरात्र खटिएर बिरामीको हेरचाह गर्ने क्रममा कुनै पनि कसुर बाँकी राखेनौ ।
अहिले हाम्रो अस्पतालको सातौ ग्रुप डा.राजन पाण्डे, डा. पारश श्रेष्ठ, डा लक्ष्मण सिग्देल, डा. अनिल महर्जन, डा. संजय वर्मा, डा. शिवम खेतान, इन्चार्ज भारता शर्मा, निलम श्रेष्ठ, उर्मीला जोशी, ऐलीसा खड्का, ममता योगी, खजुरा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना पोजेटिभ बिरामीहरुको उपचारमा खटिरहेको छौ । आफुलाई गर्व महसुस हुन्छ कोरोना पोजेटिभ केसलाई परार्मश साथै परिक्षणको लागि ब्लड निकालने इसिजी गर्ने जस्ता काम निरन्तर भइरहेको छ ।

अहिले हामीलाई पहिले जस्तो त्रासपूर्ण आवस्था छैन । हामी निर्धक्क साथ विरामीको सेवामा समर्पित छौ । अहिले हामी स्वास्थ्यकर्मीहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि बदलिएको छ । अस्पताल प्रशासनको साथ सहयोग घर परिवारको निरन्तर माया हौसलाले हामीमा एक खालको आत्मवल र नयाँ उर्जा मिलेको छ । जसको मद्दतले हामी छिट्टै नै नेपाललाई कोरोनामुक्त देश बनाउनको लागि सफलता हासिल गर्नेछौ । अन्तमा कोरोनाको लागि लडिरहँदा हामीलाई निरन्तर साथ सहयोग गर्नुहुने सम्पूर्णहरुलाई हृदयदेखि नै विशेष आभार प्रकट गर्छु । (लेखिका भेरी अस्पतालको तर्फबाट खजुरा स्थित सुशिल कोइराला क्यान्सर अस्पताल (कोरोना विशेष आईसोलेसन अस्पताल)मा डिउटीरत्.नर्सिङ कर्मचारी हुन्)











