
उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका माननीय न्यायाधीश हेमराज पन्तले बाँके स्थित बाल सुधार गृहको निरिक्षक गर्नु भएको छ ।
निरिक्षणको क्रममा ७’० जना भएको बाल सुधार गृहमा १०० जना बालक भएको पाईए पछि क्षमता घटाउने तर्फ आवश्यक पहल गर्न निर्देशन दिनु भएको छ । निर्देशनका क्रममा न्यायाधीश पन्तले कम उमेर र बढी उमेर समुहका बालकलाई छुट्टाछुटै राख्ने प्रवन्ध मिलाउन, सुधार गृहमा आवश्यक सरसफाई र स्प्रेको गर्न र स्वच्छ खानेपानीको उचित प्रबन्ध मिलाउन निर्देशन दिईएको न्यायाधीश पन्तले बताउनु भयो । बाँकेको बालसुधार गृहमा मुद्धा फैसला भएका ३९ र नभएका ६१ बालक छन् । बालसुधार गृहमा सबैभन्दा बढी जवरजस्ती करणी आरोप लागेका बालकहरु पाईएको न्यायाधीश अनुगमनमा गएका अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
निरिक्षण टोलीमा न्यायाधीश पन्तका साथै अदालतका शाखा अधिकृतद्धय शन्त बहादुर पौडेल र तिर्थराज आचार्यका साथै बाँके जिल्ला अदालत बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमको सहभागिता रहेको थियो य। निरिक्षण टोलीले बालसुधार गृहको अवस्थाका बारेमा त्यहाँ रहेका बालकहरु, बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरसंग बालसुधार गृहको अवस्थाको बारेमा जानकारी लिएको थियो । यस क्रममा बालकहरुले गर्भिमा लाईन जाँदा इन्भटरको ब्यवस्था नहुदा समस्या परेको र बर्तमान कोरोना कहरमा कोचाकोचको रुपमा बस्नु परेको गुनासो गरेका थिए ।











