
दुई दिनको निरन्तरकोे झरीले बाँकेको राप्ती तटीय वस्तीलाई जोखिम देखिएको छ । राप्ती नदीमा निरन्तर बढेको सतहले तटीय वस्ती जोखिममा परेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलदेखि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगसम्मले सुरक्षित स्थानमा जान अपील गरेका छन् ।
राप्ती नदीले शनिवार साँझ खतराको तह पार गरेको हो । कुसुममा गरिएको मापनमा बेलुकी ६ बजे पानीको सतह ५.६३५ मिटर पुगेको थियो । उक्त सतह निरन्तर बढिरहेको बाँकेका प्रजिअ कुरुम्वांगले जानकारी दिए । राप्ती नदीमा बाढीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको उनले भने । अहिले पौने ७ बजे राप्ती नदीमा बाढीको सतह ५ दशमल ७४ मिटर पुगेको छ । बाढीको सतह बढ्ने क्रममा छ । (मुख्यमन्त्रीको सन्देश फेसबुकमा)












