बर्दियामा संक्रमितको संख्या १३

भावुक योगी
पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसक्रममा बर्दियामा संक्रमितको संख्या १३ जना पुगेको छ ।
बर्दियामा मंगलबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेको भेरी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा बर्दिया गुलरिया नगरपालिका १ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।
गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुरको शम्भुशरणम माबि क्वारेन्टाइनमा बसेका गुलरिया १ का ३४ वर्षीय, २० वर्षीय र ३२ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको गिरीले बताउनुभयो ।
उनिहरु भारतको मुम्बईबाट जनाइएको छ । योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ भने दुइ जना निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया