सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको मन्त्रीलाई उद्धृत गर्दै इकान्तिपुरले समाचार प्रकाशन गरेको छ ।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि ती मन्त्रीले बताए । असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको समाचार इकान्तिपुरमा प्रकाशित छ ।











