निषेधित क्षेत्रमा खटिएको सेनाको टोलीले संक्रमण रोग ऐन २०२०को दफा २ बमोजिम निषेधाज्ञाको अबज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर आबश्यक कारवाहीको प्रकृया अगाडि बढाउन सक्ने अधिकार पाएको छ ।
– कृष्ण अधिकारी
कोरोना भाइरस संक्रमणको हट स्पट बनेको बाँकेको नरैनापुरमा नेपाली सेनाले गस्ति सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय बाकेले नरैनापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सेना खटाउने निर्णय गरे पछि आइतबार साँझ ८ बजे देखि नेपाली सेनाले नरैनापुरमा अस्थायी क्याम्प खडा गरेर गस्ती सुरु गरेको हो ।
बाँके नरैनापुर गाउपालिका क्षेत्रमा मात्रै १ सय १४ जना कोरोना संक्रमित भए पछि कोरोनाको संक्रमण थप फैलन नदिन नरैनापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्र घोषणा गरिए पछि नेपाली सेनाको नेपालगन्ज स्थित भैरब प्रसाद गणबाट सेनानी (मेजर) सुरेश श्रेष्ठको कमान्डमा ४१ जना नेपाली सेनाको टोली नरैनापुरमा खटिएको हो ।
सेनाको टोलीले जय किसान माबि नजिकै क्याम्प खडा गरेर नरैनापुर क्षेत्रका १५ वटा क्वारेन्टाइन स्थल लगायत गाउपालिका क्षेत्रको सुरक्षा ब्यबस्थालाई कडा पारेको छ । सेनाको टोलीले शसस्त्र प्रहरी र नेपाल प्रहरीसंगै समवन्य गरेर सुरक्षा ब्यबस्थालाई थप कडा पारेको हो ।
निषेधित क्षेत्र घोषणा गरिए संगै भारतसंग सीमामा पनि कडाई गरिएको छ । नेपाली सेनाको टोलीले क्बारेन्टाइन र गाउँपालिकामा हुन सक्ने अराजक गतिविधिलाई पूर्ण रुपमा नियन्त्ररण लिएको छ । संक्रमितको बढै गए पछि नरैनापुर गाउपालिका क्षेत्रमा भय र त्रासको वातावरण छ । क्वारेन्टाइनहरु ब्यबस्थित नहुदा क्वारेन्टाइनबाटै संक्रमण बढ्ने हो कि भन्ने चिन्ता बढेको बताउदै स्थानिय बासिन्दाहरुले चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली खटाउनु पर्ने माग गर्दै आएका थिए ।
संक्रमितहरुलाई थप उपचारका लागि आइसोलेशन स्थल तथा अस्पतालहरुमा ल्याउन खोज्दा एम्बुलेन्स तथा सुरक्षाकर्मीहरुलाई रोक्ने अबरोध गर्न, क्वारेनटाइनबाटै भाग्ने जस्ता गतिविधिलाई कडाइका साथ नियन्त्ररण गरिने गरिने नेपाली सेनाको भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी नहकुल थापाले बताए । निषेधित क्षेत्रमा खटिएको सेनाको टोलीले संक्रमण रोग ऐन २०२०को दफा २ बमोजिम निषेधाज्ञाको अबज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर आबश्यक कारवाहीको प्रकृया अगाडि बढाउन सक्ने अधिकार पाएको छ ।
संक्रमितलाई उपचारका लागि नेपालगन्जका आइसोलेशन अस्पतालहरुमा ल्याउन अवरोध गर्नेहरु माथि कारवाही नहँुदा नरैनापुरमा दण्डहिनता बढेका बताउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थितिलाई नियन्त्ररणमा लिन नेपाली सेना र चिकित्सक सहित स्वास्थ्यकर्मीहरुको खटाउन माग गर्दै आएका थिए ।
नरैनापुरमा नेपाली सेनाको टोली खटिए पनि चिकित्सक सहित स्वास्थ्यकर्मीहरुको टोली हाल सम्म खटिएको छैन । अहिले पनि नरैनापुरका १५ वटा क्वारेनटाइनमा करिब ७ सय जना मानिसहरु बस्दै आएका छन् । उनीहरु सबै बैशाख ३० गते पछि भारतबाट आएका हुन । क्वारेन्टाइन स्थल ब्यबस्थित नहँुदा अझै पनि नरैनापुरमा संक्रमितहरुको संख्या बढ्ने सम्भावना कायमै छ ।











