नरैनापुरमा ५ र खजुरामा एक जना कोरोना पोजेटिभ भेटिए

बाँकेमा ६ जना कोरोना पोजेटिभ थपिएका छन् । ५ जना नरैनापुरका र १ जना खजुराका कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

खजुरा ५ का २७ वर्षका पुरुषको नतिजा पोजेटिभ आएको हो । जेष्ठ ५ गते खजुरा बाट लिएको ३ स्याम्पल बाट १ जना र नरैनापुर ५, नमूना प्राबी मोतिपुरबाट संकलन गरिएको ९६ नमूनामा ५ गरि ६ पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

बाँकेमा बुधबार थप ६ जना कोरोना पोजेटिभ भेटिएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाँकेमा ६ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको जानकारी गराइएको हो । बाँकेको नरैनापुरमा मात्र कोरोना संक्रमितको संख्या 73 पुगेको छ । जसमध्ये एकको मृत्यु भैसकेको छ ।

त्यस्तै, नेपालगन्जमा कोरोना पोजेटिभको संख्या २५ रहेको छ । बुधबार खजुरामा एक जना कोरोना पोजेटिभ भेटिएका छन् । यो संगै आठ स्थानीय तह रहेको बाँकेमा तीन स्थानीय तहमा कोरोना पोजेटिभ भेटिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया