कर्णालीमा पस्यो कोरोना


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति

सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कर्णालीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा गरि १८ जना नयाँ संक्रमित देखिएका हुन् । (हेर्नुस् विज्ञप्ति)
त्यसक्रममा बाँकेको नरैनापुरमा १२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमा जारी गरेर नरैनापुरमा १२ जना थपिएको जानकारी दिएको छ ।
नरैनापुरमा शनिबार लिइएको २ सय ६३ स्वाबको सबै नतिजा आउँदा नरैनापुरमा संक्रमितको संख्या ६८ पुगेको हो । जसमध्ये एकको मृत्यु भैसकेको छ । सोमबार दिउँसो ४७ जना पोजेटिभ भेटिएका सार्वजनिक गरिएको थियो ।
नरैनापुरमा सोमबार थप ९३ स्वाब संकलन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया