नरैनापुरमा एकैपटक थपिए ४७ पोजेटिभ

बाँकेको नरैनापुर गाउँपालिकामा ४७ जना कोरोना पोजेटिभ भेटिएका छन् । पुरुष ४६ र महिला १ गरि ४७ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


नरैनापुरमा यसअघि ८ जना कोरोना पोजेटिभ भेटिएका थिए । थप एक जना मृतकको कोरोना पोजेटिभ भेटिएको थियो । सोमबार भेरी अस्पताल नेपालगन्जमा परीक्षण गरिएको २ सय ६३ स्वाब मध्येको १९२ जनाको गर्दा ४७ जना पोजेटिभ भेटिएका हुन । योसँगै नेपालमा कुल ३ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया