बाँकेको नरैनापुर गाउँपालिका दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका अन्दाजी २४ बर्षीय युवकको आइतबार विहान मृत्यु भएपछि गाउँमा तनाव र आक्रोश सिर्जना भएको छ । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्युभएको भन्दै स्थानीयबासी आक्रोशित छन् । युवाको मृत्यु पछि सयौं स्थानीय क्वारेन्टाइन स्थल वरपर पुगिरहेका छन् ।

क्वारेन्टाइनमा बसेका मृतक युवा गत बैशाख ३० गते भारतबाट आएका थिए । स्वास्थ्य कार्यालयले मृतक युवामा ज्वरो, उल्टी भएपछि बेहोस भएको जानकारी दिएको छ । कोभिड परीक्षणका लागि शनिबार नै उनको स्वाब संकलन भैसकेको थियो । स्थानीयमा क्वारेन्टाइनमा बसेका युवाको मृत्युको कारण कोरोना हुनसक्ने भन्दै त्रास समेत फैलिएको छ ।
नेपालमा एक कोरोना संक्रमित महिलाको यसअघि मृत्यु भैसकेको छ । स्वास्थ्य कार्यालयले स्वाब परीक्षण पछि युवाको मृत्युको कारण कोरोना हो होइन थाहा हुने बताएका छन् ।














