विश्व अहिले कोभिड १९ (कोरोना भाइरस) का विरुद्ध रणनीतिक रुपमा उभिएको छ । विश्वमा विकराल रुप लिएको यस महामारी भाइरसले नेपाल समेत आक्रान्त छ । यो रिपोर्ट तयार गर्दा हाल सम्म १ सय ९ जना नेपालमा यस भाइरसबाट संक्रमित भएकोे पुष्टि भएको छ । भने, थप परीक्षणको क्रमले तिव्रता पाएको छ । यो सामग्री तयार गर्दा सम्म पिसिआर (१६३०९) र र्यापिड डायगोनिष्ट टेष्ट (५५९३०) गरी जम्मा ७२ हजार २ सय ३९ जनाको परीक्षण भैसकेको छ । हाल सम्म १ सय ९ जना भाइरस संक्रमितहरुको पहिचान भएको छ भने ३१ जनाको उपचार पछि अस्पतालबाट डिस्चार्ज भैसकेको अवस्था छ ।
लकडाउनको ३८ औं दिन १९ बैशाख शुक्रवार पहिलो केश पहिचान भएको सार्वजनिक गरिएको दुई दिनपछिनै आइतवार एकै पटक थप १५ जना नयाँ संक्रमित पहिचान भए पछि नेपालगन्ज र आसपासका क्षेत्र आतंकित बनेको थियो । त्यस लगत्तै देखि स्थानिय प्रशासनले स्वाब संकलनलाई तिव्रता दिन एवं संक्रमण फैलिने जोखिमलाई न्युनिकरण गर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।
महामारी नियन्त्रणका समयमा चिकित्सक, नर्सहरुको बारेमा निकै चर्चा सुनिए पनि प्रयोगशालाकर्मीहरुको त्यत्ति चर्चा हुने गर्दैन् । खासै खोजि र वास्ता गरिएको हुँदैन, सार्वजनिक रुपमा । तर, पेशागत रुपमा जहिले ओझेल पर्ने ल्याब टेक्नीसियनहरु अहिले भने जोखिम मोलेर फिल्डमा अहोरात्र खटिएका छन् । स्वाब संकलन र त्यसको परिक्षणका निम्ती दिनरात खटिएका उनीहरु यतिबेला कोरोना भाइरस विरुद्धका अग्रपंतिका लडाकु हुन् । दैनिक नेपालगन्जको सम्पुर्ण टिमले पर्दा पछाडी जोखिम मोलेर कार्य गरिरहेका यीनै ‘हिडन हिरो’ का भोगाई, जिम्मेवारी र अनुभवका बारेमा विशेष सामग्री तयार गरेको छ ।
दैनिक नेपालगन्जले विशेषतः यतिबेला कोरोना विरुद्धका रियल लडाकुहरुलाई उजागर गर्दै आएको छ । यो अंक दैनिक नेपालगन्जका विशेष संवाददाता हिमाल गैरेले चर्चामा कम आउने तर सम्मानयोग्य अग्रपंतिका लडाकुहरुलाई समेटेर तयार गरेको सामाग्री प्रस्तुत गर्दैछौं । सरकारले कोरोना संक्रमणबाट जोगिन घरमैं बस्न आव्हान गर्दै लकडाउन गरेको शनिवार ४७ औं दिन । तर, नेपालगन्जका यी कोरोना विरुद्धका ‘फ्रन्टलाइनर’ निरन्तर जोखिम मोलेर स्वाब संकलन लडाकु दस्ता जस्तै निरन्तर कार्यरत छन् । तर, पर्दा पछाडी बसेका उनीहरुबारे सायदै कसैले चासो राखेका होला । त्यसैले स्वाब संकलनदेखि कोरोना भाइरसको परीक्षण गर्ने ‘हिडन हिरो’ का बारेमा विशेष सामग्री तयार गरिएको हो ।

प्रसिद्ध ढकाल, ल्याब टेक्नीसियन
२०६१ सालमा ल्याब टेक्नीसियनका रुपमा सेवा आरम्भ गरेका ढकालले भेरी अस्पतालमा २०७३ साल देखि कार्यरत छन् । त्यस अघि उनी भुकम्पको इपिसेन्टर रहेको गोर्खा जिल्लामा कार्यरत थिए भने अहिले कोरोना भाइरसको पश्चिम नेपालमा ‘इपिसेन्टर’ जस्तै बनेको नेपालगन्जमा ‘फ्रन्टलाइनर’ का रुपमा स्वाब संकलनमा सक्रिय छन् । कोहलपुरमा रहेका ९८ वर्षीय बुवा र ७६ वर्षकी आमालाई नभेटेको झण्डै २ महिना भैसकेका उनकी श्रीमति पनि स्वास्थ्यकर्मी हुन् । दुवैजना भेरी अस्पतालमा जोखिम मोल्दै कार्य गर्दा नाबालक छोराको स्याहारलाई मध्यनजर गर्दै श्रीमतिलाई कामबाट आरम दिएता पनि उनी स्वाब संकलनको अग्रस्थानमा भिड्छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तालिम पश्चात चैत्र १२ गते देखि नै स्वास्थ्य कार्यालयका ३ जना (सहित ४ को टोलीले अहिले सम्म ७ सय २० जनाको स्वाब संकलन गरिसकेको छ ।
परिवार संग भेटघाट नभएको कति भयो ?
मेरो पटक पटक गरी लकडाउनको शुरुवाती अवस्था देखि नै क्वारेन्टाइनमा छु । सबैै भन्दा पहिले अछाममा आर्मी सहितको हाम्रो टोली स्वाब संकलनमा गएको थियो । बिचमा महेन्द्र बहुमुखी क्याम्पस, दस गजा लगायत अस्पतालमै काम गरिरहेको थिएँ । भने, अहिले झन् संक्रमितको संख्या बढेपछिको अवस्था छ नियमित स्वाब संकलनमा हिडिरहेका छौं । बच्चासंग भिडियो कल हुन्छ भने बुवा आमा संग टेलिफोनमा कुरा हुन्छ । श्रीमति स्वास्थ्य क्षेत्रबाटै भएका कारण सम्झाउनका निम्ती सजिलो भएको छ ।
तपाईको मुख्य जिम्मेवारी के हो ?
अहिले हाम्रो टोलीको मुख्य जिम्मेवारी सके सम्म सुरक्षित तवरले धेरै भन्दा धेरै नमुना संकलन गर्नु नै हो । तर आवश्यकता अनुसार भेरी अस्पतालमा ल्याबको काम पनि गर्ने गरेको छु । हिजो मात्रै पनि काम गरेको थिएँ ।
यो अवस्थामा अहिले शुभेच्छुकहरुले तपाईलाई देखाउने चिन्ता कस्तो पाउनु भएको छ ?
बुवा आमाले किन आउँदैन भनेर चिन्ता गर्नुहुन्छ । अरु शुभेच्छुकहरुले पनि कस्तो जोखिममा काम गरेको है, सुरक्षित रहनुहोला भनेर चिन्ता व्यक्त गर्नुहुन्छ । सबैले चासो देखाउनुहुन्छ ।
फिल्डमा काम गर्दाको तपाईको अनुभव कस्तो रह्यो ?
मुख्य कुरा भनेको अहिले हामी समुदाय स्तरमा काम गर्दाको असहज परिस्थितिका बारेमा धेरैलाई थाहा नभएको हो कि भन्ने लागेको छ । अछाममा जाँदा पनि पानी समेत नपिएर स्वाब संकलन गर्नुपरेको थियो । एक स्थानमा संकलन गर्ने भनेर गएको मध्येमा हामीले ४ स्थानमा २ सय २६ जनाको स्वाब संकलन गरेका थियौंं । अहिले पनि नेपालगन्जको गर्मीमा पिपिई लगाएर स्वाब संकलन गर्दा निकै फरक र कष्टकर अनुभव छ ।

चुनौती चाहिं के छन् ?
यो भाइरसले कसैमाथि विभेद नगरेर जुनसुकै धर्म, लिङ्ग र क्षेत्रका मानिसलाई संक्रमण गर्दछ । यहाँ केही व्यक्तिहरुले हामीलाई मात्रै शंकाको घेरामा राख्यो भनेर केही विवादको अवस्था समेत ल्याउनुभएकोले त्यसो नगरिदिनुहुन अनुरोध छ । बोलाएर, जवरजस्ती अनुरोध गरेर नमुना संकलनमा बोलाउनुपर्ने अवस्था छ । हामीले त पहिचान भएको संक्रमित व्यक्तिलाई केन्द्र बनाएर हाँगा विगा समाउँदै संक्रमित व्यक्तिहरुको खोजी गरेर काम गर्नुपर्ने भएकाले हामी कसै प्रति पूर्वाग्रह हुनुपर्ने अवस्था होइन । नमुना परीक्षण गर्न आउनका निम्ती गुट्खा खाएर आउने, पानी खाने जस्ता कुराहरु भएकाले भाइरसको संक्रमणको वास्तविक जाँच नआउने जस्ता कठिनाई हामीले भोगेका छौं । जे भाइरस आउनुपर्ने हो त्यो भेटिदैन् ।
मुख्यतः १ सय ३७ जनासम्मको स्वाब एकै दिन संकलन गर्ने दिनमा हामी ४ जना स्वाब संकलन गर्ने ल्यावकर्मी बाहेक कोही पनि सहयोगमा बसिदिनुहँुदैन । लाग्छ हाम्रोमात्र काम हो, कसैको केही दायित्व नै नभएको जस्तो व्यवहार गर्नुहुन्छ । हामी ज्यानको जोखिम मोलेर, कात्रो लगाएर फिल्डमा भिडेका छौं । हामी नेपालगन्जलाई ग्रीन एरियाका रुपमा सके सम्म धेरैै जनालाई स्वाब परिक्षणको दायरामा ल्याएर अगाडी बढ्न चाहन्छौं । तर, ट्रेसिङ गर्ने जिम्मेवार पाएका निकायहरुले आवश्यक सहजीकरणको अभाव भोगेका छौं । शुक्रवार त हामी आफंैले प्रमुख जिल्ला अधिकारीलाई समय मागेर कुरा गर्न गयौं । नमुना संकलन रोकिएको जानकारी समेत उहाँलाई अवगत रहेनछ । आशा गरौं अब यस्तो दोहोरिनेछैन ।
हामीले अहिलेको प्रभावित क्षेत्रको एकिन गरेर सबै जालो पहिचान गर्न सक्ने अवस्था भैसक्नुपर्ने थियो । १० जनाको टोली बनाएर पुरै व्यस्थीति ढंगले नमुना संकलन गरी भेरी अस्पताल वा लोड नपुगेका नजिकका केन्द्र जस्तै दाङ, बुटवल, सुर्खेत लगायतको सहयोग लिन खोजिनुपर्ने थियो । जति धेरै परीक्षण गरेर जति केशको नतिजा आउँछ यहाँका जनताले आफु सुरक्षित भएको महशुस गर्नेथिए । हामी ४ जनाको टोलीलाई त पर्याप्त काम नपाएर सिडियो साबको ध्यानाकर्षण गर्नुपर्यो भने हामीले भाइरसको चेन बे्रक गरेर जोखिम कम गर्न सक्छौं त । हामी कफन बाँधेर काम गर्ने आतुर छौं र ग्रीन नेपालगन्ज बनाउन चाहन्छौं । तर हामीलेमात्र गरेर हुँदैन् । यहाँका प्रशासक, नेतृत्व, समुदाय स्तरका धार्मिक एंव सामाजिक कार्यकर्ताले हामीलाई संकलनमा सहयोग गर्नुपर्यो भने समुदाय एंव आम नागरिकले सामाजिक दुरी र सरसफाईका कुरा (साबुन पानीले राम्रो संग पटक पटक हात धुँने) लाई मनन गरी कार्यान्वयन गर्नुपर्यो ।
यो साझा समस्या भएकाले सरकारले गरेका अनुरोधलाई पालना गर्दै नमुना परीक्षणमा पनि सहजीकरण गरिदिनु पर्दछ भन्ने लाग्छ ।
अरुलाई घरभित्रै बस्न भनेर फिल्डमा भाइरससँग भिड्न डर लाग्दैन् ?
यो हाम्रो जिम्मेवारी नै हो र ठूलै अवसर पनि । महाभुकम्प र विश्वव्यापी महामारीमा जनताको काम गर्न पाउनु गर्वको कुरा हो । हिजो स्वाब संकलनका क्रममा खजुरा आइसोलेसनमा गएको थिएँ । त्यसको मतलब सबै जना भाइरस संक्रमित पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा गई स्वाब संकलन गर्दा डर लागेकै हो । किनकी हामीलाई थाहा छ नि त, यो भाइरसले कसैलाई छाड्दैन् ।
अन्त्यमा के भन्नुहुन्छ ?
मेरो भन्नु आफ्ना लागि भन्दा तपाईको महत्वपूर्ण सञ्चारमाध्यममार्फत सबै जनताका लागि छ । हेर्नुस् हामी त जिम्मेवारीबाट भाग्ने कुरा पनि आएन् । यो त हाम्रो काम हो तर अनावश्यक, कम महत्वपूर्ण काममा पनि जोखिम मोलेर बाहिर निस्किनु हुने जनसाधारणलाई जबर्जस्ती जोखिम नमोल्नु हुन अनुरोध गर्दछु ।
यो मेसिन जुन हामीले प्रयोग गरि परीक्षण गरिराखेका छौं, अरु विदेशमा पनि यहि हो । त्यसैले मसिनका बारेमा कसैले शंका गर्नुपर्ने अवस्था नै छैन् । स्वास्य मन्त्रालयको टाली आएर सेट अप हेरेर, यस अस्पताललाई रिफ्रेन्स सेन्टरका रुपमा दिन मिल्छ । धनगढी, सुर्खेत वा दाङबाट ल्याएका स्याम्पलको क्रस भेरिफिकेशन समेत गर्न सक्ने गरी रिफरल सेन्टरको मान्यता दिनुभएको छ । त्यसको अर्थ पोजेटिभ, नगेटिभ स्याम्पललाई भेलिडेट गरेर ठिक हो भनेर सेन्टरको मान्यता दिने हो । त्यसैले विश्वसनियताका विषयमा कुनै प्रकारको शंका गर्नुपर्ने छैन् ।

भेरी अस्पताल नेपालगन्जका प्रयोगशाला प्रमुख मिश्र नेपालमा बन्दाबन्दीको सरकारी निर्णय संगै ल्वाबको नेतृत्व गरिरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका १०, आदर्शनगरका मिश्र बन्दाबन्दी (लकडाउन) को शुरुवाती दिनहरुबाट नै परिवारसंग भेट भएको छैन् । बुवाको डायोलोसिस गरिरहनुपर्ने आफ्ना बुवालाई नियमित उपचारका क्रममा अस्पताल आउँदा सामाजिक दुरीको पालना गर्दै भेट हुने गरेको उनले दैनिक नेपालगन्जसँग सुनाए । खजुरा, रिमझिम चोक स्थीति स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी रहेकी उनकी श्रीमति र ५ महिने शिशुलाई इन्टरनेट वा फोनका माध्यमबाट मात्रै भेट हुने गरेको बताउँदा मिश्रको भाव बुझ्न कठिन थिएन, उनलाई कति पीडाबोध होला । ल्याब टेक्नीसियनका रुपमा २०७० साल माघ २९ बाट सरकारी सेवामा आरम्भ गरेका मिश्र २०७२ साल देखि भेरी अस्पतालमा कार्यरत छन् । यो सामाग्रीका लागि मिश्रसँग संवाद गरिरहँदा नेपालगन्जस्थित पीसीआर ल्याबमा हाल सम्म ७ सय २० जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये ७ सय १३ बाट २४ जनाको पोजेटिभ अर्थात कोरोना भाइरस संक्रमित रहेको र थप ७ जनाको नतिजा आउने क्रममा रहेको छ ।
यतिबेलाका मुख्य जिम्मेवारी के हो तपाईंको ?
म अहिले नेपालगन्ज ल्याब इन्चार्ज हो । परीक्षणका साथै मेरो मुख्य जिम्मेवारी व्यवस्थापकीय छ । कहिले स्याम्पल प्रोसेसिङ युनिट त कहिले माष्ट्रर्स मिक्स प्रिपेशनमा हामी ६ जना भेरी अस्पताल र १ जना मन्त्रालयबाट खटिनुभएका सबै जना पालैपालो कार्य विभाजन गरिएको छ । यो एक्लै गर्ने काम होइन । अतः टिममा काम गरिराखेका छौं । १ जना भेरी अस्पतालबाट र ३ जना स्वास्थ्य कार्यालय गरी ४ जनाको टोलीले स्वाब संकलन खटिनुभएको छ ।
पछिल्लो समयमा परीक्षणको विश्वसनियताकोे विषयलाई लिएर सन्देहपूर्ण टिकाटिप्पणी गरिएका छन् नि यसबारे यस क्षेत्रका जनतालाई कसरी विश्वास दिलाउनु हुन्छ त ?
विश्वसनियताका बारेमा सबै भन्दा पहिले यो मेसिनका बारेमा कुरा गरौं । हामी कहाँ ल्याइएको पीसीआर मेसिन जर्मनीबाट ल्याइएको हो । यो मेसिन जुन हामीले प्रयोग गरि परीक्षण गरिराखेका छौं, अरु विदेशमा पनि यहि हो । त्यसैले मसिनका बारेमा कसैले शंका गर्नुपर्ने अवस्था नै छैन् । स्वास्य मन्त्रालयको टाली आएर सेट अप हेरेर, यस अस्पताललाई रिफ्रेन्स सेन्टरका रुपमा दिन मिल्छ । धनगढी, सुर्खेत वा दाङबाट ल्याएका स्याम्पलको क्रस भेरिफिकेशन समेत गर्न सक्ने गरी रिफरल सेन्टरको मान्यता दिनुभएको छ । त्यसको अर्थ पोजेटिभ, नगेटिभ स्याम्पललाई भेलिडेट गरेर ठिक हो भनेर सेन्टरको मान्यता दिने हो । त्यसैले विश्वसनियताका विषयमा कुनै प्रकारको शंका गर्नुपर्ने छैन् ।

संक्रमित व्यक्तिहरु बढिरहेको अवस्थामा तपाईहरुको थप तयारी के छ ?
हामीले त नमुना संकलन गरिसके पछि त्यसको परीक्षण गर्ने हो । मुख्यतः यसमा हामीले भन्दा पनि समुदायका व्यक्तिहरुको मुख्य जिम्मेवारी हो । त्यसको मतलब निर्वाचित प्रतिनिधि, वडा अध्यक्ष लगायत सरोकारवालाले संक्रमित भेटिएको क्षेत्रबाट कन्ट्याक्ट ट्रेसिङ गरेर थप नमुना संकलन गर्ने हो । जसरी शान्त पानीमा ढुङ्गा हानी सके पछि केन्द्रबाट बाहिर तरङ्ग पहिल्याउँदै गरे जस्तै हामी संक्रमण भेटिएको व्यक्तिबाट अरु संभावित व्यक्तिहरुको पहिचान गर्दै जाने हो । त्यसैले क्लष्टरलाई छाडेर नमुना परिक्षण गर्न सकिएन भने थप नमुना मिस हुन सक्ने र जोखिम हुने भएकाले हामी त्यसमा गम्भीर छौं ।
अहिले कन्ट्याक्ट टे«सिङमा समस्या भएकाले केही समस्या भएको हो ?
८० प्रतिशत व्यक्तिहरुमा कोभिड १९ का लक्षण नभई आएकाले चुनौति भएको हो । अर्थात कोरोना भाइरसको लक्षण लिएर मलाई ज्वरो आयो, अरु समस्या भयो भन्ने लक्षण लिएर स्वास्थ्यकर्मी कहाँ आउँदैन् । त्यसैले हामी ट्रेसिङ गर्नका निम्ती पोजेटिभ भएका व्यक्तिको हाँगालाई समातेर कन्ट्याक्ट टे«सिङ गर्दै जाने हो र सबैमा पुग्ने हो । नेपालमा आइपुगेको भाइरस त्यत्ति कडा होइन कि भन्ने कुराको पनि अनुसन्धान भैरहेको छ । किन भने अन्य राष्ट्रमा जस्तो यहाँ लक्षणहरु पनि देखा परेका छैनन् । मान्छेको फ्याटलिटी रेट पनि कम छ, मान्छे पनि मरेका छैन्न उपचार पछि घर फर्किएका छन् । त्यो अनुसन्धानको विषय समेत बनेको छ ।
एकै पटक संक्रमितको संख्या बढे पछि यस क्षेत्रका बासिन्दा आतंकित बनेको अवस्थामा रहेको समयमा तपाईको केही भनाइ छ ?
हामीले विचार गर्नुपर्ने कुरा के हो भने, यो भाइरसले जुनसुकै पनि धर्म, लिङ्ग, क्षेत्र, वर्ग वा वर्णलाई छाड्दैन् । सबैलाई प्रभावित बनाउँछ । त्यस अर्थमा हामीले सामाजिक दुरी कायम गरेर चेन बे्रक गर्ने हो । त्यसका निम्ती सोसियल डिस्ट्यान्सीङ, हातको सरसफाई, मास्कको प्रयोग लगायत सावधानी अपनाउनुपर्ने हुन्छछ । यो बाहेक अरु उपाय हामी संग छैन् । धेरै दिन बन्दाबन्दी भएकाले सामानको उपलब्धता नहोला तर खुल्ने बित्तिकै एकै पटक सामान खरिद गर्ने बानी छ । म देखि राखेको हुन्छु बरु मलाई नै त्यो भिडको अवस्था देख्दा आफुलाई डर लागेर आउँछ । विस्तारै, दुरी व्यवस्थापन गर्दै सामान खरिद गर्न सकिन्छ । आत्तिनु पर्ने पनि छैन् तर सावधानी अत्यावश्क हो । यो भाइरसको फ्याटलिटी रेट कम छ तर ट्रान्सर्फर रेट (एक व्यक्तिबाट अर्कोमा सर्ने) बढी छ । चाडै धेरै मान्छेमा सर्न सक्छ र धेरै मानिसलाई प्रभावित बनाउन सक्ने भएकाले युरोप, अमेरिकामा जस्तो अवस्था नहोला पनि भन्न सकिदैन् । ३ दिन निषेधज्ञा जारी गर्दा सम्म ठिक थियो तर खुल्ने बित्तिकै एकै पटक बाहिर निस्किएको पायौं । स्वास्थ्यकर्मीहरु त दिन भरी काम गरिरहेका हुन्छौं तर यो अवस्थाबाट बाहिर निक्किनका निम्ती त आम सर्वधारणको पनि त उत्तिकै महत्वपूर्ण भुमिका हुन्छ जुन आम नागरिकको जिम्मेवारी पनि हो ।

अहिले गरिरहेको काममा थप प्रभावकारिता ल्याउनका निम्ती के फरक भैदिएको भए हुनेथियो जस्तो लाग्छ ?
आपतकालिन कार्यसञ्चालन केन्द्र (सीएमसी) ले राम्रै काम गरिरहेको जस्तो लाग्छ । खजुराले पनि राम्रै व्यवस्थापनका साथ काम गरिरहेको छ । यहाँ जनशक्ति अभाव भए पनि हामी १२–१४ घण्टा खटिएर कन्ट्याक्ट टे«सिङ गरेर केश पहिचान गरी अवस्था पहिचान गर्ने र समुदायलाई बचाउन लागि परेका छौं । हामी अवस्था हाम्रो नियन्त्रणमा नै छ तर हाम्रो हातबाट नियन्त्रण बाहिर गयो भने विकराल रुप लिन सक्छ । त्यसैले परिक्षणको दायर बढाउने र सामाजिक दुरी कायम गर्नु नै महत्वपूर्ण हो ।
अन्त्यमा केही भन्नुहुन्छ ?
मैले भन्नै पर्ने कुरा के हो भने, नमुना संकलन गर्न जाने क्रममा हाम्रा साथीहरुलाई सहज वातावरण भयो भने संकलन गर्न सजिलो हुन्छ । नेपालगन्जको गर्मीमा पिपिइ लगाएर जाँचमा पर्खिराख्नुपर्ने अवस्था सजिलो छैन् । सरोकारवाला निकायले पहिले नै तालिका बनाएर टोलीलाई सहयोग गर्नुभयो भने थप प्रभावकारी हुने थियो ।












