बाँकेको खजुरा गाउँपालिकाले पालिका प्रवेश गर्ने नाकाहरु बन्द गरेको छ । खजुरासँग जोडिएको नेपालगन्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि पालिकाले चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको पालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका छन् ।
खजुराले पालिका भित्रका वडा पनि सिल गरेको छ ।
पालिकाले ५, ६, ७ र ८ नं. वडा लक गरेको हो । उढरापुर, रनियापुर र सोनपुर पूर्ण लक गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिए । उनले खजुरामा उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन् ।












