’नेपाल भारत सिमा क्षेत्र दशगजा स्थित क्वारेन्टिनमा बसेका नेपालीहरुले आफुहरुको बसाई कष्टकर बन्दै कहिले घर जान पाईने हो भन्ने बारेमा कुनै जानकारी नपाईएको बताएका छन् । प्रयोग गर्ने चर्पि फोहरले जानै नसक्ने स्थितिमा रहेको भन्दै पोलमा राखिएको बक्ति पनि काटिएकाले कष्टकर दैनिकी बिताउनु परेको अनुगमनका लागी पुगेका अधिकारकर्मीसंग गुनासो पाखेका थिए ।
सुरुवाती १४ दिनसम्म राम्रै ब्यवस्था भए पनि क्वारेन्टिनमा अहिले पहिले जस्तो सुबिधा नभएको छिन्चु सुर्खेतका राजु सुनारले बताए । नुहाउन आवश्यक साबुन पनि नभएको उनले गुनासो गरे । साँझ बिहानको खाना राम्रै भए पनि दिउँसो नास्ता त्यति राम्रो नभएको क्वारेन्टिनमा बसेका सल्यानका बिर बहादुर कुवरले बताए । दशगजा क्वारेन्टिनमा अहिले जम्मा १८१ जना पुरुष रहेका छन् । महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टिनमा भारति र नेपाली गरि ७६ जना रहेको छन् । सुचनाबाट बन्चित गराईयो यसै बिच दश गजा स्थित क्वारेन्टिनमा रहेका नेपाली नागरिकले कहिले घर जान पाईने भन्ने बारेमा सुचना नदिएको बताए ।
पहिले १४ दिनका लागी राखिएकोमा कारोना नभएको रिपोर्ट आए पछि पनि जानबाट बन्चित गरिएको गुनासो गरेका थिए । १४ दिन कटेपनि घरजना बस ठिक्क परेकोमा एक्कासी रोकिएको र २१ दिन पुगे पछि के हुने भन्ने बारेमा तुरुन्त स्पष्ट पारिनु पर्ने र स्वास्थ्य परिक्षण गरिनु पर्नेमा जोड दिएका थिए । यसै गरि जुम्ला पुग्न ७८ हजारसम्म बसभाडा मागिएको भन्दै जुम्ला सिंजाका जगत बहादुर शाहीले ज्याला मजदुरी गर्ने आफुहरुसंग त्यतिका पैसा नभएको र सरकारले निशुल्क रुपमा घर जाने ब्यवस्था हुनु पर्ने बताएका थिए । बाँकेका सबै क्वारेन्टिन भन्दा दशगजा नजिकको क्वारेन्टिन अलि व्यवस्थित र सफा भनिएपनि अहिले उक्त क्वारेन्टिन दुर्ग्न्धित र असुरक्षित हुँदै गएको यहाँ रहेका बर्दियाका झलकबहादुर थापा बताउँछन् ।उनकाअनुसार १४ दिनसम्म स्थानीय तहले यहाँ खानेपानी, बिजुली, साबुन लगायतका आवश्यक औजारको व्यवस्था राम्रै गरेको थियो । तर, दुई हप्तापछि भएको स्वास्थ्य परीक्षण पछि अहिले स्थानीय तहले खाना खुवाउने भन्दा अरू कुनैपनि सेवा सुविधा नदिएका उनले बताए ।
नेपाल भारत सिमा क्षेत्रको दशगजा क्वारेन्टिनमा रहेका नेपालीहरूको अवस्था कष्टकर बनेकोले क्वारेन्टिनमा उचित ब्यवस्थापनका लागी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि सुन’वाई नभएको गुनासो क्वारेन्टाईनमा बसेकाहरुले गरेका थिए । नेपालगंजमा दैनिक गर्मी बढेसंगै सर्प, हुरिबतास र पानी आउने डर रहेको बर्दियाका झ एकदमै डर देखिएको बर्दियाका झलक थापाले गुनासो गरे । उनीहरूमा पनि कोरोना संक्रमणको आशंका गर्दै बाँकेस्थित सरकोकारवाला निकायले १४ दिनका लागि उक्त क्वारेन्टिनमा राखेको थियो । १४ दिनपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा एक सय ८१ जनामै कोरोना नेगेटिभ देखिएको थियो । तर, माथिको आदेश भन्दै बाँके प्रशासनले उनीहरूलाई घर फर्कन अहिलेसम्म दिएको छैन् ।
गत चैत्र २० गते देखि क्वारेन्टिन बसाईपछि स्वास्थ्य परीक्षण गरेर १४ दिन पछि घर पठाउने सर्तमा दशगजामा राखिएकोमा त्यसो नगरिएको भन्दै तत्काल कहिले कसरी पठाउने हो त्यस बारेमा जानकारी दिनु पर्नेमा जोड दिएका थिए । यसै बिच कोरोनाको कहरमा मानव अधिकारको अवस्था बारे बाँके स्थित बिभिन्न संघ सस्थामा आवद्ध मानव अधिकारकर्मीहरुले दशगजा लगायतका बिभिन्न क्वारेन्टाईनको अनुगमन गरेका छन् । नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य, नेपाल बारका पुर्व उपाध्यक्ष प्रह्रलाद बहादुर कार्की, फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम, गैर सरकारी सस्था महासंघका बाँके अध्यक्ष नमस्कार शाह, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी र अधिकारकर्मी वसन्त गौतम अनुगमन संलग्न रहेका थिए ।
स्थलगत अनगमनको क्रममा क्वारेन्टाइनमा रहेका व्यक्तिहरु २१ दिनपछि घर फर्कने बिषयमा अन्यौलता भएको सो बिषयमा सरकारले स्पष्ट नगरेको गनोसो गरेको, क्वारेन्टाइनमा रहेको व्यतिहरुको उपचार १४ दिन पछि ध्रैरै वास्ता नगरीएको, खान पिनको व्यबस्थापन १४ सम्म ठिक रहेको तर त्यसपछि खालागी नको स्तरमा कमी आएको, सरकारले घर जानको लागि रोक लगाएको र घर जानको लागि गाडि भाडाको समेत नभएको त्यसको लागि व्यबस्थापन गर्न आग्रह गरेको अनुगमन टोलीले जनाएको छ । महेन्द्र बहुमुखि क्याम्पसमा सामाजिक दुरी कायम नभै धेरै जना एकै कोठामा बसेको पाईएको अनुगमन टोलीले बताएको छ । यसै गरि क्वारेन्टाइन र भारत सिमा नाका जमुनाहामा बसेका स्वास्थ्यकर्मीहरुका लागि पि पिइ जस्ता महत्बपुण सामाग्रीहरुको व्यबस्थापन गरिनुपर्ने देखिएको अनुगमन टोलीले जनाएको छ ।











