बाँकेमा लकडाउनमा थप कडाई गरिने भएको छ । साँझको समयमा खाद्यान्न तथा तरकारी पसलमा भीड लाग्न थालेपछि प्रशासनले ती पसलहरु साँझ चार बजेपछि खोल्न नपाउने सूचना जारी गरेको छ ।
बाँकेमा सोमबारदेखि औषधी पसल बाहेक अन्य खाद्यान्न तथा तरकारीका पसल साँझ चार बजेपछि अन्य पसल खोल्न नपाइने सूचना जारी गरेको हो । प्रशासनले सूचनाको अटेरी भएमा कानुन बमोजिम कारवाही गर्ने बताएको छ ।











