नेपालगन्जको तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्ला दिनमा नेपालगन्जको तापक्रम ३० डिग्री नाघ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, आज शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३३.७ डिग्री सेल्सियस रहेको छ ।
कोरोनाको लक्षण रुघा, खोकी र ज्वरो हो । मानिसहरुलाई रुघा, खोकी र ज्वरो चिसो मौसम र मौसम परिवर्तन हुने बेलामा बढी जसो लाग्ने गर्दछ । विज्ञहरु गर्मी बढ्दै जाँदा कोरोनाको जोखिम कम हुने धारणा राख्दै आएका छन् । यद्यपि, यो पुष्टि भने भएको पाइँदैन ।
‘कोरोनाको भाइरस तापक्रम संवेदनशील भएकाले गर्मीमा फैलने जोखिम कम हुन्छ’, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा।वासुदेव पाण्डेले भने ।











