आज लक डाउनको पाँचौ दिन । हरेक दिन साँझ अत्यावश्यक सामाग्री खरिदका लागि केही समय खाद्य सामाग्रीका पसल खुल्ने गरेका छन् ।
यसअघि पसलमा समेत घुइँचो हुन थालेपछि आलोचना हुने गरेको थियो । त्यसैले अहिले पसलमा आलोपालो खरिद गर्नका लागि घेरा बनाइएको छ । यसले अनावश्यक भीड कन्ट्रोल हुने भएको छ ।
प्रहरीले अत्यावश्यक सामाग्री खरिदका लागि दिएको समयमा विना काम हिड्ने माथि कडाई समेत गरेको छ । प्रहरीले मोटरसाइकलको चाबी खोस्ने, साइकल बोकेर हिडाउने खालका सजाय समेत दिएको सडकमा देख्न सकिन्छ ।












