बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको स्वर्गारोहण भएको छ । उपचारका क्रममा केही बेर अघि अस्पतालमा ९२ बर्षीय गुप्तालाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
सेनानी गुप्ताका छोरा, पूर्व नगरप्रमुख विजय कुमार गुप्ताले उपचारका क्रममा केही बेर अघि उहाँको निधन भएको पुष्टि गरे । केही बर्ष यता थलिंदै आएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि उनलाई अस्पताल लगिएको थियो ।
नेपालगन्जको पत्रकारिता छुट्टै पहिचान बनाएका सेनानी गुप्ता किरण साप्ताहिकका सम्पादक हुन् । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि सेनानीको उपाधी दिएको थियो ।











