सागमा नेपालगन्जकी सञ्जुले रचिन् इतिहास


बाँके नेपालगन्जकी खेलाडी सन्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा इतिहास रचेकी छिन् । भारोत्तोलनकी यी १८ वर्षीया खेलाडी सन्जुले महिलातर्फको ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेर इतिहास रचेकी हुन् । नेपाली भारोत्तोलनको इतिहासमा स्वर्ण जित्ने सन्जु पहिलो महिला खेलाडीका रुपमा रचिन् । यसअघि पुरुषतर्फ भने कमलबहादुर अधिकारीले स्वर्ण जितेको इतिहास छ ।


पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् । ‘हामीले आशा गरेकी प्रतिभा हुन्,’ सज्जुलाई बधाई दिंदै नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनले दैनिक नेपालगन्जसँग भने, ‘अभैm २ गोल्डको आशा छ ।’ नेपालगन्जका रैथाने उनलाई अर्काे खुशी आफ्नै होमटाउनकी खेलाडीले इतिहास रचेकोमा छ, ‘धेरै खुशी लागेको छ, ६१ केजी माथिको तौल समूहमा थप गोल्ड मेडलको आशा गरेका छौं ।’


विहीवारको प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएकोे विधामा पाकिस्तानको पनि सहभागिता थियो । साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले सहभागिता जनाएको हो । सागको १० औं संस्करणमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ । भोरोत्तोलनको महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भएका छन् ।
भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा १०५ सहित १८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन् । बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।


यसैबीच, भारोत्तोलनमा नेपाल आर्मीका तुलाराम महतोले कास्य पदक जितेका छन् । ५५ केजी तौल समूहमा उनी कास्यमा सीमित भएका हुन् । सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ० र क्लीन एण्ड जर्कमा ९ गरी कुल १७८ भार बहन गरेका हुन् । नेपाल सहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको ५५ केजी तौल समूहमा श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भए । कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १०४ बहन गरेका हुन् ।

रायले नेपाली खेलाडीलाई क्लीन एण्ड जर्कमा मात्र ६ किलोले पछि पारेका थिए । महतो र रायको स्न्याचमा समान ८० किलो भार बहन थियो । यस्तै, ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्णमा आफ्नो नाम लेखाए । सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ भार बहन गर्दै मात्र १ किलो तौल समूहले श्रीलंकन खेलाडीलाई पछि पारेका हुन् । श्रीलंकाका पालुगासिंघेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल १६३ भार बहन गरेका थिए । बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य जिते । उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए ।


‘समग्रमा हाम्रो प्रस्तुति कमजोर छैन,’ नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनले दैनिक नेपालगन्जसँग भने, ‘हेरौं भोलि (आज शुक्रवार) थप दुई गोल्ड मेडलको आशा छ ।’

प्रतिक्रिया

प्रतिक्रिया