पाण्डेलाई पूर्णिमा साहित्य रत्न

बरिष्ठ आख्यानकार नयन राज पाण्डेलाई ‘पूर्णिमा साहित्य रत्न–२०७४’ प्रदान गरिने भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार पूर्णिमा साहित्य रत्न यस वर्ष वरिष्ठ आख्यानकार पाण्डेलाई प्रदान गरिने भएको हो ।

 
वरिष्ठ गायक तथा गीतकार प्रेमप्रकाश मल्ल, वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी एवम् वरिष्ठ कथाकार महेश बिक्रम शाह सम्मानित भइसकेको पुरस्कार पूर्णिमा साहित्य रत्न यस वर्ष पाण्डेलाई दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी दिए ।

 
प्रतिष्ठानले बि. स.२०६९ सालमा दुई लाख अक्षय कोष स्थापना गरी रु ११ हजार १ रुपिया राशीको पुरस्कार हरेक वर्ष एक जना वरिष्ठ श्रष्टालाई प्रदान गर्दै आएको छ । वरिष्ठ आख्यानकार पाण्डेका उलार, लु, घामकिरी, सल्लीपिर, चक्लेट जस्ता चर्चित साहित्यिक कृतिहरु प्रकाशित छन् । ‘यीनै कृतिमार्फत नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याए वापत पाण्डेलाई पूर्णिमा साहित्य रत्न पुरस्कारले सम्मान गर्न लागिएको हो,’ अध्यक्ष ढकालले दैनिक नेपालगन्ज सँग भने ।

 
यही आउँदो पुस २८ गते एक बृहत साहित्यिक कार्यक्रम गरी पाण्डेलाई पुरस्कार प्रदान गरिने भएको छ । नेपाली साहित्यमा विषेश योगदान पु¥याए वापत प्रदान गरिने यो पुरस्कार वि. स. २०७० सालबाट प्रदान गरिदै आएका छ ।

 
सोही दिन क्रिकेट खेलका सन् १९९८ का राष्ट्रिय कप्तान एल बि क्षेत्रीको आख्यान कृति ‘कप्तान १९९८’ को गृह विमोचन पनि गरिंदै छ । कप्तानको आगामी शुक्रवार काठमाडांैमा विमोचन गरिने र पुस २८ गते गृह विमोचन राखिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया