गुन्जँदै प्रकाश दूतराज, सिद्धार्थबाट ‘लाहुर जाने रेलैमा’

गायक प्रकाश दूतराज पछिल्लो समयमा रुचाइएका गायक हुन् । उनै दूतराजका गीतहरू नेपालगन्जमा गुन्जिने भएका छन्, त्यो पनि पहिलो पटक प्रत्यक्ष ।

‘रिमै’, ‘चोली मैलो भो’, ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘लाहुर जाने रेलैमा’लगायत चर्चामा रहेका प्रकाशका गीत गाउँको परिवेशमा रहेर आफैले गीत सिर्जना गरेका हुन् ।


‘उनलाई नेपालगन्जमा ल्याउँदा राम्रै सन्देश जाने ठानेर यो वर्षको कार्यक्रम डिजाइन गरिएको हो,’ अंग्रेजी वर्ष २०२४ को स्वागतार्थ आयोजित ‘न्यू इअर इभ’ बारे जानकारी दिन आयोजित कार्यक्रममा सिद्धार्थ ग्रुप अफ हष्पिटालिटीका निर्देशक केशव न्यौपानेले भने । प्रकाशले हालैमात्र मध्यपश्चिमको परिरवेशलाई समेटेर ल्याएको नयाँ गीत ‘रिमै’ लाई स्रोता–दर्शकले रुचाएका छन् ।


स्रोता–दर्शकले मात्र होइन, पछिल्लो सांगीतिक क्षेत्रका स्थापित कलाकारहरूले समेत प्रकाश दूतराजको सिर्जनाको तारिफ गर्ने गरेका छन् ।
एक दशक यता नेपालगन्जमा सिद्धार्थ होटेलले साँस्कृतिक कार्यक्रम सहित अंग्रेजी नयाँ बर्ष र नेपाली विक्रम सम्बत्लाई स्वागत गर्न न्यु इअर इभ कार्यक्रमको आयोजना गर्दै आएको छ । ‘यसले आन्तरिक मात्रै होइन, बाह्य पर्यटकलाई पनि नेपालगन्ज ल्याउन, पर्यटकीय क्षेत्र चलायमान बनाउन भूमिका खेलेको महसुस गरेका छौं,’ ६ सयबढी दर्शक सहभागी गराउने कार्यक्रमबारे न्यौपानेले भने ।


सिद्धार्थ होटेल नेपालगन्जका अनुसार, कार्यक्रममा चर्चित गायक प्रकाश दूतराज सहित स्थानीय कलाकारहरुको बिभिन्न रोचक प्रस्तुति रहने छ । ‘खासमा यो कार्यक्रममा जुन प्याकेज मिलाइएको छ, त्यो शुल्क अघिल्लो वर्षभन्दा पनि कम मूल्यमा छ,’ प्रवेश टिकटबारे जानकारी दिंदै निर्देशक न्यौपानेले भने, ‘यो खानाको सहुलियत शुल्क हो, सांस्कृतिक कार्यक्रमको जोडिएकै छैन ।’ उनका अनुसार, साँस्कृतिक कार्यक्रममा स्थानीय ब्यान्ड सहित डिजेको पनि प्रस्तुति रहने छ ।


‘खानामा पनि नया बर्षको अबसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाइएको छ,’ नेपालगन्जमा सबै भन्दा धेरै १२५ रुम भएको चार तारे होटेल सिद्धार्थले भनेको छ, ‘सबै मिलेर मनोरञ्जन गर्ने, खानपान गर्ने रमाउने कार्यक्रम हो ।’


यसै बर्ष देखि भैरहवामा ५ तारे होटेल संचालनमा ल्याएको सिद्धार्थले नेपालगन्जका अतिरिक्त, लमही, सुर्खेत, चिसापानी, महेन्द्रनगर सहित देशभरका बिभिन्न स्थानमा होटेल, रिसोट, रेष्टुरेन्ट, क्याफे सहित ३२ वटा आउटलेटहरु संचालन गर्दै आएको जनाएको छ ।


‘निकट भविष्य मै सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीमा तारे होटेल सुरु गर्न लागेका छौं,’ नेपालगन्जका पत्रकार माझ ग्रुपका निर्देशक न्यौपानेले भने ।

प्रतिक्रिया

प्रतिक्रिया