‘कचहरी’को समीक्षा कथाकार ‘जिज्ञासु’ लाई सम्मान

कथाकार कल्पना पौडेल ‘जिज्ञासु’लाई ‘कचहरी’का लागि ज्योति स्रष्टा सम्मान प्रदान गरिएको छ ।


कचहरीमा मधेशी मुस्लिम , थारु र पहाडी सबै समुदायका महिला तथा गरीव पात्रहरुका समस्याहरु उठान मात्र नगरी पीडामा रुमलिएका पात्रहरु समस्या लाई छिचोल्दै सफलता प्राप्त गर्न सफल भएकोले कथाहरु प्रगतिशिल चेत र दृष्टिकोणमा रहेको छन्।







राजधानी काठमाडौंमा आयोजित एउटा कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठान काठमाडौ कचहरी कथा सङ्ग्रहको विमर्शसँगै जिज्ञासुलाई सम्मान प्रदान गरिएको हो ।


प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विश्व कवि तथा संस्कृतिविद् तुलसी दिवसले ‘ज्योती स्रष्टा सम्मान’ कथाकार जिज्ञासुलाई हस्तान्तरण गरे । दिवससँगै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले संयुक्त रुपमा माला खादा र प्रमाणपत्रद्वारा जिज्ञासुलाई सम्मान गरिएको थियो ।


विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष समेत रहेकी कचहरी कथा सङ्ग्रहकी लेखक कल्पना पौडेल जिज्ञासुको कृतिमा मुख्य वक्ता प्रा. डा लेख प्रसाद निरौला, वक्ता प्रा. डा. सावित्रा श्रेष्ठ, समीक्षक कृष्ण प्रधान, प्रगतिशिल साहित्यकार मनु विकले धारणा राखेका थिए । उनीहरुले कथा सङ्ग्रहमा समेटिएका १५ वटै कथाहरुले सामाजिक यथार्थलाई औंल्याउन सफल भएको बताए ।


गरिवी अभावका कारण महिलाहरु बैदेशिक रोजगारमा जाँदा भोग्नुपरेका समस्या,बृद्धअवस्थामा भोग्नु परेका समस्या, पहिलाको न्याय प्रर्णाली र वर्तमान न्याय प्रणालीका समस्याहरुलाई कचहरीमा उठान गरिएको छ ।


समीक्षकका अनुसार, कचहरीमा मधेशी मुस्लिम , थारु र पहाडी सबै समुदायका महिला तथा गरीव पात्रहरुका समस्याहरु उठान मात्र नगरी पीडामा रुमलिएका पात्रहरु समस्या लाई छिचोल्दै सफलता प्राप्त गर्न सफल भएकोले कथाहरु प्रगतिशिल चेत र दृष्टिकोणमा रहेको छन्।


भाषा शैली अत्यत सरल , सरस र सलल बग्ने खालको भएकोले विषय वस्तु र भाषाका हिसावले पाठकहरुको मन तान्न सक्ने, पठनीय र बोधगम्य भएको समीक्षकको धारणा छ ।


कार्यक्रमा साहित्यकारहरु, विनेसाम केन्द्रका उपाध्यक्ष विजय हितान अर्थ सचिव के.बी पौडेल, विनेसाम नेपालका सल्लाहकार ऋषिराम सापकोटा, प्रा. डा. श्रीधर गौतम,वनेसाम ललितपुर शाखाका अध्यक्ष बुद्धिमान महर्जन, साहित्यकार नरेन्द्र पौडल देवि प्रसाद पोडेल,हिरादेवी उपाध्याय, असलेस उपाध्याय,माधव आचार्य सुशीला पराजुली,सुसना पराजुली,रुविन राना, उपस्थित रहेको कार्यक्रम प्रतिष्ठानकी सचिव सुधा मिश्रले संचालन गरेकी थिइन्।

प्रतिक्रिया

प्रतिक्रिया